१२ असार २०८३, शुक्रबार

प्रशासकीय अधिकृतलाई क्वाटरमा थुनेर चालक फरार

फागुन ३०, २०७९
प्रशासकीय अधिकृतलाई क्वाटरमा थुनेर चालक फरार

देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत वकिल पाललाई उनकै क्वाटरमा थुनेर उनका निजी चालक फरार भएका छन् । कलैया उपमहानगरपालिका –४ स्थित रहेको क्वाटरभित्र परिवारसहित बस्दैआएका उनलाई आज मङ्गलवार बिहान ८ बजे ढोका खोल्दा बाहिरबाट ताला लगाइएको भेटिएपछि सो घटनाबारे जानकारी भएको थियो ।

ढोकामा ताला लगाएको बारे  छिमेकीलाई जानकारी गराउँदा क्वाटरको मूल ढोका र भित्री फ्ल्याटमासमेत अलगअलग दुई वटा ताल्चा लगाइएको प्रमुख प्रशासकीय अधिकृत पालले जानकारी दिए । 

यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराई कर्मचारीसँग सोधपुछ गर्दा आफूले चढ्ने पालिकाको चालक महेन्द्र सहनीले ढोकामा ताल्चा लगाएको स्वीकार गरेको उनले बताए । चालकले किन ताला लगाएर फरार भए भन्ने विषयमा थप जानकारी नआएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । (गोरखापत्रअनलाइनबाट)

salt training

कमेन्ट गर्नुहोस्