२२ असार २०८३, सोमबार

आईतबार नेप्से नेप्से ४ दशमलव ५१ अंकले बृद्धि

कात्तिक २०, २०७४
आईतबार नेप्से नेप्से ४ दशमलव ५१ अंकले बृद्धि
काठमाडौं, ११ भदौ ।
साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से उकालो लागेको छ । लगानीकर्ताले गत आर्थिक बर्षको लाभांश घोषणा गरेका कम्पनीहरुको लाभांश सुरक्षित गर्न सेयर कारोबार बढाएपछि आइतबार कारोबार रकममा उच्च सुधार देखिएको हो । जसअनुसार १६५ कम्पनीको २७ लाख २६ हजार कित्ता सेयर ८१ करोड ५१ लाख बराबरमा किनबेच भए । कारोबार रकम गत विहीबारको तुलनामा १८ करोड बढी हो ।

nepse
आईतबार नेप्से ४ दशमलव ५१ अंकले बढेर १६२२ दशमलव ३२ अंकमा उक्लिएर बन्द भएको छ । वित्त, बीमा र अन्य बाहेक सबै समूहका उपसूचक उकालो लागेपछि समग्र बजार बढेको हो ।

आइतबारको बजारमा उच्च कारोबार गर्ने कम्पनीमा लाभांश घोषणा गरेका कम्पनीहरु अग्रपक्तिमा देखिएका छन । आइतबारको बजारमा गतबर्षको कमाईबाट ३० प्रतिशत बोनस र १८ प्रतिशत नगदगरी ४८ प्रतिशत लाभांश घोषणा गरेको नबिल बैंकको सबैभन्दा धेरै ८ करोड बढीको सेयर कारोबार भएको छ । नबिलको साधारणतर्फ ५ करोड ५२ लाख र संस्थापकतर्फको २ करोड ३८ लाख बराबरको सेयर किनबेच भएको छ । साथै नबिलको सेयरमूल्य समेत दुई प्रतिशतले बढेर प्रतिकित्ता १७६७ रुपैयाँ पुगेको छ ।

प्राइम लाइफको आईतबार चार करोड बराबरको कारोबार भयो तर सेयरमूल्य घटेको छ । त्यस्तै गत आर्थिकबर्षको कमाईबाट १६ प्रतिशत बोनस घोषणा गरेको सिटिजन्स बैंकको ४ करोड २१ लाख बराबरको कारोबार भयो । सिटिजन्सको सेयरमूल्य भने दुई रुपैयाँले घटेको छ ।

त्यस्तै गत आर्थिक बर्षको कमाईबाट २० प्रतिशत बोनस घोषणा गरेको एनआईसी एशियाको पनि झण्डै ३ करोड बराबरको कारोबार भयो । यसको सेयरमूल्य भने दुई प्रतिशत भन्दा धेरैले बढेको छ । आइतबारको बजारमा तीन कम्पनीको सेयरमूल्य दश प्रतिशतले बढको छ । सिर्जना फाइनान्स, हिमालयन पावर पार्टनर र स्वोरोजगार लघुवित्तको सेयरमूल्य दश प्रतिशतले बढेको हो ।

सिर्जना फाइनान्सले गतबर्षको लाभांश घोषणा नगरेपनि गत आर्थिक बर्ष राम्रो नाफा कमाएले लगानीकर्ताको छनौटमा परेको देखिन्छ । फाइनान्सले गतबर्ष अघिल्लो आर्थिक बर्षको भन्दा ६६ प्रतिशत बढी नाफा कमाएको थियो ।

त्यस्तै अघिल्लो साताबाट मात्र नेप्सेमा सेयर कारोबार खुलेकोे हिमालयन पावर पार्टनरको सेयरमूल्य पनि दश प्रतिशतले बढेको छ । कम्पनीको कारोबार खुलेदेखिनै निरन्तर सेयरमूल्य उकालो लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्