बैशाख १३, २०८०
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोला जलविद्युत् आयोजनाको साधारण शेयर बिक्री खुलाइएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी थ्रीस्टार हाइड्रो पावर कम्पनीले उत्पादन गरेको ६ दशमलव ६ मेगावाट क्षमताको जल...
वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् ।
वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्श संघले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो ।
बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् ।
भोलि चैत १ गतेदेखि निक्षेपमा ०.४ प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए। संघ ऋणको ब्याजदर घटाउनमा केन्द्रित भएको उनले बताए।
हाल बैंकहरूले कर्जामा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब एक प्रतिशत घटेपछि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् ।
यस्तै निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन् ।
यसअघि साधारण बचतमा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।
मुद्दती निक्षेपको ब्याजदर भने स्थिर राखिएको छ । हाल बैंकहरूले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् ।
यस्तैगरी संस्थागततर्फ ९ प्रतिशत र ‘रेमिट्यान्स’ मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ । यस्तै विकास बैंकहरूको छाता संगठनका रूपमा रहेको डेभलपमेन्ट बैंकर्श एसोसिएसनले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशतसम्म घटाएको छ ।
संघको निर्णयअनुसार विकास बैंकहरूले चैत महिनादेखि एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरेको छ । त्यस्तै एक वर्षभन्दा कमको मुद्दती निक्षेपको ब्याजदर ११.५० प्रतिशत कायम भएको ।
हाल विकास बैंकहरूले एकवर्षे वा सोभन्दा बढी दुवैको व्यक्तिगत मुद्दती निक्षेपमा ११.७५ प्रतिशत ब्याजदर दिँदै आएका थिए ।
यसैगरी, ब्याजदर घटाएसँगै विकास बैंकहरूले चैतमा एकवर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा नौ दशमलव ६० प्रतिशत र साधारण बचतमा न्यूनतम ६.६० प्रतिशतदेखि ८.६० प्रतिशत ब्याजदर प्रदान गर्नेछन् ।
त्यसैगरी नेपाल वित्तीय संस्था संघ (फाइनान्स) ले मुद्दती निक्षेपको ब्याजदर ०.२० प्रतिशतले घटाएको छ ।
संघले तीन महिनामाथिको निक्षेपको ब्याज दर ०.१५ प्रतिशत घटाउने निर्णय गरेको छ ।
फाइनान्स कम्पनीहरूले एक वर्षको मुद्दती निक्षेपमा १२.१० प्रतिशत ब्याज दिँदै आएकामा चैत १ गतेदेखि ११.९० प्रतिशत ब्याजदर कायम गरेका छन् ।
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोला जलविद्युत् आयोजनाको साधारण शेयर बिक्री खुलाइएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी थ्रीस्टार हाइड्रो पावर कम्पनीले उत्पादन गरेको ६ दशमलव ६ मेगावाट क्षमताको जल...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ३६ अङ्कले बढेर एक हजार नौ सय पाँच दशमलव ६८ को विन्दुमा पुगेको हो । आज दुई सय ६५ वटा कम्पनीको २७ लाख पाँच सय ७० कित्...
काठमाडौँ - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई चुक्ता पूँजीको १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । आइतबार आइतबार धरान उप–महानगरपालिका-८, सुनसरीमा सम्पन्...
लक्ष्मी बैंक लिमिटेड र सनराईज बैंकबीच मर्जरको अन्तिम सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच दुई बैंकको मर्जरको अन्तिम सम्झौता भएको हो । ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोम...
नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँगको सम्झौता अवधि...
एनआईसी एशिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट गरेको छ । कम्पनीले यही वैशाख ४ देखि ७ गतेसम्म सर्वधारणका लागि निष्काशन गरेका नौ लाख ९४ हज...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...