१० साउन २०८३, आइतबार

विशेषको फैसलाविरुद्ध ४ मुद्दामा अख्तियारले सर्वोच्चमा गर्‍यो पुनरावेदन

फागुन ३०, २०७९
विशेषको फैसलाविरुद्ध ४ मुद्दामा अख्तियारले सर्वोच्चमा गर्‍यो पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतबाट फैसला भएका ४ वटा मुद्दा सम्बन्धमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

सार्वजनिक सम्पत्ति हानी नोक्सानी र घुस/रिसवत गरी ४ वटा मुद्दामा आयोगको निर्णयानुसार मंगलवार पुनरावेदन गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।

'अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये सार्वजनिक सम्पत्ति हानीनोक्सानी र घुस/रिसवत गरी ४ (चार) वटा मुद्दाहरूमा आयोगको निर्णयानुसार मिति २०७९।११।२९ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ,' अख्तियारका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

चेतनाथ भारती, बद्री भण्डारी, गजेन्द्रप्रसाद जैसवाल प्रतिवादी भएका घुस रिसवतसम्बन्धी ३ छुट्टाछुट्टै मुद्दा र मेघनाथ रेग्मी प्रतिवादी रहेको सार्वजनिक सम्पत्ति हानी नोक्सानीसम्बन्धी मुद्दामा पुनरावेदन गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्