मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
फागुन ३०, २०७९
‘१० पुसमा बनेको सत्ता गठबन्धन भत्किएर १० फागुनमा चुनाव अगाडिको ५ दलीय गठबन्धन ब्युँतिन्छ,’ कांग्रेस महामन्त्री गगन थापाले १ फागुनमा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित कार्यकर्ता भेलामा यस्तो भाषण गर्दा धेरैले अस्वाभाविक मानेका थिए ।
एउटा जिम्मेवार नेताले निकै दाबीका साथ किन यसरी बोले भनेर उनको भनाइलाई अस्वाभाविक मान्ने धेरै थिए । किनकी १० पुसमा बनेको सत्ता गठबन्धनमा केही खटपट आए पनि दुई महिनामै भत्किहाल्ला भन्ने धेरैलाई लागेको थिएन ।
कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर माओवादीलाई विश्वासमा लिन खोजे पनि एमाले गठबन्धनबाट बाहिरिहाल्ला भन्नेमा कोही पुगेका थिएनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले केही न केही विकल्प ल्याएर सत्ता गठबन्धन टिकाउँछन् भन्ने पनि उत्तिकै थिए ।
तर, ठ्याक्कै १० फागुनमा होइन १३ फागुनमा राष्ट्रपतिमा माओवादीले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने भएपछि तत्कालीन गठबन्धन भत्कियो । ठ्याक्कै दिन नमिले पनि उनको भविष्यवाणी भने सही सावित भयो । माओवादीले १० पुसको सहमतिमा धोका दिएको भन्दै १५ फागुनमा एमाले सरकारबाटै बाहिरियो ।
गगनले १ फागुनमा १० दिनमा गठबन्धन भत्किन्छ मात्रै भनेका थिएनन्, पुरानो ५ दलीय गठबन्धन ब्युँतेर ५ वर्ष संयुक्त सरकार गठन बन्छ र स्थिरता एवं समृद्धि लाग्छ पनि भनेका थिए ।
२५ फागुनमा चुनावअघिको पुरानै गठबन्धनका दल एक ठाउँमा उभिएर कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा निर्वाचित गराएलगत्तै गगनको बोली फेरिएको छ ।
नागरिकमा धैर्यताको अभाव रहेको भन्दै थापाले ५ महिनामाको नयाँ भाका सारेका छन् । यस अवधिभित्र सरकारमा बसेर डेलिभरी दिनसक्ने ग्यारेन्टी गर्नुपर्ने उनले बताएका छन् । नागरिकलाई भरोसा दिलाउन नसकिए गठबन्धनमा संख्या भए पनि अर्थ नहुने उनको भनाइ छ ।
‘हामीसँग स्रोतसाधनको अभाव छ, तर त्योभन्दा धेरै समयको अभाव छ । हाम्रो प्रधानमन्त्रीले त्यो अभावको अनुभूति कति गर्नुभएको छ भन्ने कुराले हाम्रो गन्तव्यको अनुमान लगाउन सक्छौं । अहिले सबैभन्दा धेरै नागरिकमा धैर्यताको अभाव छ,’ थापाले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को कार्यक्रममा आइतवार भनेका थिए, ‘हामीसँग नागरिकलाई आशा जगाउनका लागि ५ महिनाको समय मात्रै छ । अबको ५ महिनामा हरेक नागरिकलाई सरकारले केही गरिरहेको छ, सुधार हुँदैछ, भन्ने अनुभूति गराउन सकिएन भने संख्या जति भएपनि केही हुँदैन, गठबन्धन जति ठूलो भएपनि यसले केही अर्थ राख्दैन ।’ प्रधानमन्त्रीले पुनः विश्वासको मत लिएर सरकार पुनर्गठन नगर्दै थापाले चुनौतीपूर्ण सबाल उठाएर दबाब बढाएका हुन् ।
कांग्रेस नेतृत्वको पुरानो गठबन्धन भत्केपछि नयाँ गठबन्धन बनाउन थापाले पनि निकै मेहनत गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाको दूतको रूपमा थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि पटक–पटक वार्ता गरेका थिए । थापाले कांग्रेसले सत्ता सञ्चालन र गठबन्धनमा धोका नदिनेमा प्रधानमन्त्रीलाई आश्वस्त गराएको बताइन्छ ।
उनले प्रधानमन्त्री गठबन्धनको हैन, सरकारको नेता हुनुपर्ने पनि बताए ।
‘हामी गठबन्धन सरकारको अभ्यास गरिरहेका छौं, तर यस्तोमा प्रधानमन्त्री दलको वा गठबन्धनको नेता हुने कि सरकारको नेता हुने भन्ने मुख्य प्रश्न मैले देखिरहेको छु,’ थापाले भनेका थिए, ‘प्रधानमन्त्रीले सरकारको नेता भएर काम गर्नुपर्छ ।’
५ महिनाको भाका खबरदारी कि सूचना ?
प्रमुख दलका जिम्मेवार नेता थापाको यो भनाइले पनि गठबन्धन सरकार कति संयम र कुशलतापूर्वक चलाउनुपर्छ भन्ने सन्देश दिन्छ । एकातिर गठबन्धन गर्ने र अर्कातिर खेल्ने अभ्यास भएका प्रधानमन्त्री प्रचण्डलाई थापाले सचेत गराएको हुन सक्ने कतिपय बताउँछन् ।
राजनीतिक विषयका जानकार शंकर तिवारी गगन थापाले गठबन्धनको आयुको कोणबाट भन्दा पनि नागरिकको धैर्यता विस्फोट हुनुभन्दा अगाडि नै सरकार सचेत होस् भनेर बोलेको हुनसक्ने टिप्पणी गर्छन् ।
‘चुनावपछि सरकार गठन भएको तीन महिला पुग्न लाग्दा गठबन्धन बन्ने, सरकार बन्नेजस्ता प्रक्रियामा नै मुलुकको समय समय खर्च भएको छ । सेवा प्रवाह र सुशासन, अर्थतन्त्रको सुधारमा कुनै काम भएको छैन । यसैले जनताको धैर्यता जतिखेर पनि विस्फोट हुन सक्छ भनेर थापाले समयमै सचेत हुनुपर्छ भन्नुभएको हो,’ उनी भन्छन्, ‘केपी ओलीलाई २०८४ पुग्दा छलफल गरौंला भनेर गठबन्धनको कित्ता उहाँले क्लियर गरिसक्नुभएको छ । यसमा अडिग हुनुुहुन्छ । कोरोना र डेंगुको कालमाजस्तै अहिले सरकारमा नभए पनि महत्त्वपूर्ण दलको नेताको नाताले सचेतना र खबरदारी गराउनुभएको हो । प्रधानमन्त्री र मन्त्री नबरालिऊन्, नागरिकमा आशा र विश्वास बढाऊन् भनेर नेताहरूले यसरी खबरदारी गरिरहनुपर्छ भनेर ५ महिनाको कुरा गर्नुभएको हो ।’
नागरिक पंक्तिलाई उत्साह भर्न, सकारात्क बनाइरहन प्रत्यक्ष सरकारमा नभए पनि दबाब बढाउनुपर्ने तिवारी बताउँछन् ।
माओवादीसँग सम्बन्ध तोडिएर विपक्षी कित्तामा पुगेको एमालेले पनि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि यो गठबन्धनको उपादेयता सकिने बताउँदै आएको छ ।
यति मात्रै होइन, एमाले अध्यक्ष केपी ओलीले नै ‘कांग्रेस र एमाले मिल्नै हुँदैन भनेर कहीँ पनि नलेखिएको’ भन्दै नयाँ गठबन्धनको प्रयास हुनसक्ने संकेत गरेका छन् ।
छैन राम्रो संकेत
१० पुसमा एमाले र माओवादी मिल्दा अन्य साना दल पनि सत्ता गठबन्धनमा लाइन लागेर उभिएका थिए । जब माओवादी र एमालेबीच फाटो आएर कांग्रेस मिसियो साना दल पनि फेरि नयाँ समीकरणमा जोडिए । एमाले र माओवादीसँगै रहेका साना दल सबैजसो राष्ट्रपति चुनावमा कांग्रेसको खेमामा उभिए । तर, गठबन्धनले आकार नलिँदै सरकार र सत्ताका लागि साना दलले बार्गेनिङ बढाइसकेका छन् । लोसपा, जनमत र नागरिक उन्मुक्ति दलले मोर्चा नै बनाएर प्रदेशदेखि केन्द्रसम्मै गठबन्धनसँग बार्गेनिङ गर्ने तयारी गरेका छन् ।
जसपाले मधेशमा मुख्यमन्त्री र केन्द्रमा उपराष्ट्रपति पाएपछि मोर्चा बनाएर उनीहरूभन्दा ठूलो दल बन्ने तयारीमा समेत यी दल लागेका छन् । प्रतिनिधिसभामा उपेन्द्र यादव नेतृत्वको जसपाको १२ सीट छ, तर यी दल मिलेर १४ बनाउने र सरकारमा महत्त्वपूर्ण हिस्सा खोज्ने तयारीमा छन् । यही गणितका आधारमा सरकारमाथि दबाब बढाउने नीति उनीहरूको देखिन्छ । राजनीतिक ध्रुवीकरण बढाउने र सत्ता एवं शक्तिमा टिक्ने उनीहरूको तयारी छ ।
सरकारका जान लालयित भएका जसपा र नेकपा एसलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने अवस्थामा प्रचण्ड छन् । नयाँ गठबन्धन बने पनि राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव, विश्वासको मत, सरकार पुनर्गठन जस्ता प्रक्रियागत कामबाट नतिजा दिने कामतर्फ अगाडि बढ्नुपर्ने चुनौती प्रधानमन्त्री प्रचण्डलाई छ ।
राजनीतिकि विश्लेषक पुरुषोत्तम दाहालले सिद्धान्तविहीन र जगविहीन गठबन्धनले अवसरवादलाई प्रोत्साहन गरेकाले राजनीतिक अस्थिरता निम्तिरहने बताए ।
‘दललाई विश्वासमा पनि लिनुपर्ने र उनीहरूलाई सन्तुष्ट पार्न भागबण्डा मिलाउनुपर्ने चुनौती छ । दलहरू राष्ट्रपति चुनावमा अल्झिए । अब उपराष्ट्रपति, विश्वासको मत, सरकार पुनर्गठन र बजेट अधिवेशन रुमल्लिछन् । यस्तोमा रुमल्लिँदा देश र जनताको हितको विषयमा बहस हुँदैन,’ दाहाल भन्छन्, ‘चुनावअघि सिद्धान्तविहीन चुनावी गठबन्धन बन्यो । जसको जग नै बलियो थिएन । त्यसैले दुर्घटनामा पर्यो । फेरि अर्को स्वार्थको गठबन्धन बनेर दुर्घटनामा परेपछि पुरानाहरू एक ठाउँमा उभिए । चुनावी गठबन्धन सत्तालाई अन्तिम केन्द्रबिन्दुमा राखेर गरिए । यसले अवसरवादको राजनीतिलाई जोड दियो । यसैले समस्या भइरहेको छ ।
सत्ताको लागि जे जसरी अवसर पाइन्छ, त्यही गर्ने भन्नेमा दलहरू पुग्दा नागरिकका समस्याभन्दा राजनीतिक प्रक्रिया पार लगाउनमै दलहरूले समय र लगानी खर्चिएको उनी बताउँछन् ।
गगन थापाले यो गठबन्धनलाई ५ महिनाको समय दिएका हुन् त ? भन्ने प्रश्नमा दाहालले ‘थापाको बोली नै राजनीतिमा अन्तिम सत्य’ नहुने बताए ।
‘गगन थापाको बोली राजनीतिमा अन्तिम सत्य होइन । कसैको बोली अन्तिम सत्य हुँदैन । उहाँले भनेको कहिलेकाँही मिल्ला कहिले मिल्दैन । यो राजनीति गर्नेको काम नै हो । नेताहरूले विषयमा बहस गराउन पनि यसरी बोल्ने गर्छन्,’ उनी भन्छन्, ‘कतिपय नेता केही सूचना भएरै बोल्छन् । कोही सार्वजनिक खपतका लागि र आफूलाई सेन्टरमा राख्न यस्तो बोल्ने गर्छन् । कतिपयले सरकार जिम्मेवार बन्नुपर्छ भन्ने कोणबाट पनि यसरी धाराणा राख्छन् ।’
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...