
साउदी क्लब अल नासर क्लब किङ्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा अभा क्लबलाई ३–१ ले पराजित गर्दै अल नासरले सेमिफाइनलमा प्रवेश गरेको हो ।
गएराति एमआरसुल पार्क रियादमा भएको खेलको पहिलो मिनेटमा नै अल नासरका सामी अल नाजेईले गोल गर्दै क्लबलाई १–० को अग्रता दिलाए ।
यस्तै २१औं मिनेटमा अब्दुल्लाह अल्खाईवारी र ४९औं मिनेटमा मोहम्मेद मरनले गोल गरे । तर ६९औं मिनेटमा अभाका अब्देल फटाह एडामले जवाफी गोल गरेपनि त्यसपछि दुबै पक्षबाट कुनै गोल हुन नसकेपछि नासरको पक्षमा खेल पुग्यो ।
नासरमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो समेत आबद्ध छन् । यद्यपि गएरातिको खेलमा उनी मैदानमा थिएनन् ।