२८ असार २०८३, आइतबार

सङ्घीय संरचनामा नेपाल प्रहरी, १९ हजार ३६९ नयाँ जनशक्ति माग

कात्तिक २०, २०७४
सङ्घीय संरचनामा नेपाल प्रहरी, १९ हजार ३६९ नयाँ जनशक्ति माग
काठमाडौं , १२ भदौ - नेपाल प्रहरी सङ्घीय संरचनामा रूपान्तरण भएको छ । सङ्घीय संरचना अनुसार क्षेत्रीय प्रहरी कार्यालयलाई सङ्घीय प्रहरी कार्यालय र अञ्चल प्रहरी कार्यालयलाई सङ्घीय प्रहरी एकाइमा रूपान्तरण गरिएको छ ।police

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कर कार्कीले पाँचवटा प्रदेशका क्षेत्रीय प्रहरी कार्यालयलाई सङ्घीय प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी कार्यालय नभएको प्रदेश नम्बर २ र ५ मा नयाँ संरचना निर्माण भइरहेको जानकारी दिए, गोरखापत्रमा खबर छ ।
सङ्घीय प्रहरीको संरचना, ढाँचा, कार्यविधि, जनशक्ति, चेन अफ कमान्ड र भौतिक संरचना निर्माणका अतिरिक्त शान्तिसुरक्षाको विषयमा छलफल तथा आवश्यक अध्ययन गर्न सातवटै प्रदेशको कमान्डमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खटाइएको उनले बताए ।

सङ्घीय प्रहरीका लागि १९ हजार ३६९ नयाँ जनशक्ति माग भइरहेको जनाइएको छ । हाल नेपाल प्रहरीमा करिब ९३ हजार जनशक्ति रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्