२१ असार २०८३, आइतबार

क्युएफएक्सका कुन–कुन सिनेमा घरहरुमा लाग्नेछन् नीफका फिल्म ?

क्युएफएक्सका कुन–कुन सिनेमा घरहरुमा लाग्नेछन् नीफका फिल्म ?

चैत २ गतेदेखि ६ गते सम्म हुने छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) का फिल्महरु क्युएफएक्सका सिनेमा घरहरुमा देखाइने भएको छ । क्युएफएक्सले बुधबार जारी गरेको विज्ञप्तिमा  प्रायः ‘थिएटर रिलिज’ नहुने छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुलाई प्रोत्साहन हुने र नेपाली दर्शकलाई नयाँ स्वाद लिने अवसर मिल्ने अपेक्षा गरिएको छ । 

यस्ता महोत्सवहरुले दर्शकको फिल्म साक्षरता अभिवृद्धि गर्न तथा चलचित्र जगतको विकास र प्रवद्र्धनलाई समेत प्लेटफर्म प्रदान गर्ने भएकाले क्युएफएक्स सिनेमाजले महोत्सवमा सहकार्य गरेको विज्ञप्तिमा उल्लेख छ । ‘नेपाली चलचित्र निर्माणको स्तर उकास्न एवं विविधता ल्याउन सहयोग पु-याउने क्युएफएक्सको उद्देश्य रहँदै आएको छ । नीफसँगको सहकार्य त्यही प्रयासको निरन्तरता हो’, विज्ञप्तिमा भनिएको छ, ‘छैटौं महोत्सवमा छनोट भएका प्रतियोगी तथा अप्रतियोगी लामा÷छोटा फिल्महरु क्युएफएक्स अन्तर्गतका सिनेमा घरहरुमा प्रदर्शित हुनेछन् । यी सिनेमा घरहरुमा काठमाडौंको सुन्धारास्थित सिभिल मल एवं ठमेलस्थित छायाँ सेन्टर, ललितपुर पुल्चोकस्थित लबिम मल तथा भक्तपुरको राधेराधे भाटभेटनीस्थित क्युएफएक्स सिनेमाज रहेका छन् ।’
 
विगतमा जस्तै यसपटक पनि निफमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा फिल्म तथा डकुमेन्ट्री र एनिमेटेड फिल्महरु प्रदर्शन हुने जनाइएको छ । ३५ देशका ९५ वटा प्रतिस्पर्धी फिल्म प्रदर्शन हुने महोत्सवको उद्घाटन चलचित्र भने कोरिन शर्मा निर्देशन चलचित्र ‘चरी’ हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्