०८ साउन २०८३, शुक्रबार

विश्वकप क्रिकेट छनोटका लागि आज यूएईसँग अन्तिम खेलमा भिड्दै नेपाल

विश्वकप क्रिकेट छनोटका लागि आज यूएईसँग अन्तिम खेलमा भिड्दै नेपाल
प्रतिकात्मक तस्वीर

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीवार घरेलु टोली नेपालले अन्तिम खेल यूएईसँग खेल्ने भएको छ । बिहान साढे ९ बजेदेखि खेल हुँदैछ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको खेल मैदानमा हुने खेल जितेर विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउने लक्ष्यका साथ नेपाल मैदान प्रवेश गर्दैछ । यसअघि भएका खेलमा नेपालले यूएईलाई २ खेलमा पराजित गरिसकेको छ ।

यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो । नेपालले आगामी ४ वर्षका लागि १ दिवसीय मान्यता पाइसकेको छ ।

बिहीवारको खेलमा यूएईलाई हराउन सके नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाउनेछ भने यूएईसँग नेपाल हारेमा नामिबिया विश्वकप छनोटमा प्रवेश गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्