११ साउन २०८३, सोमबार

नेपाल भर्सेस यूएईः २ ओभरभित्रै नेपालको २ विकेट गुम्यो

नेपाल भर्सेस यूएईः २ ओभरभित्रै नेपालको २ विकेट गुम्यो

यूईएविरुद्ध ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब शुरूआत गरेको छ। 

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत खेलमा नेपालका ओपनर आशिफ शेख खाता नै नखोली आउट भए भने कुशल मल्ल ५ बलमा ५ रन बनाएर पेभेलियन फर्किए। 

अहिले कप्तान रोहित पौडेल क्रिजमा छन् भने उनलाई कुशल भुर्तेलले साथ दिइरहेका छन्। 

आजको खेलमा यूएईलाई हराउन सके नेपालले विश्वकप छनोटमा सीधै स्थान बनाउनेछ भने हारे नामिबिया विश्वकप छनोटमा प्रवेश गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्