२७ जेठ २०८३, बुधबार

प्रधानमन्त्रीको बधाई- नेपाली क्रिकेट टीमले राष्ट्रको शिर उचो राखे

प्रधानमन्त्रीको बधाई- नेपाली क्रिकेट टीमले राष्ट्रको शिर उचो राखे

नेपालले यूएईमाथि रोमाञ्चक जीत हासिल गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले 'प्रचण्ड'ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्। 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आईसीसी लिग डिभिजन टुको अन्तिम खेलमा नेपालले यूएईलाई डीएल मेथोडमा ९ रनले पराजित गर्दै नेपालले सोझै विश्वकप छनोटमा स्थान बनाएको छ। 

प्रधानमन्त्री प्रचण्ड आजको खेल हेर्न मैदानमै पुगेका थिए। 

प्रचण्डले यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको भन्दै खुशी व्यक्त गरेका छन्। ​

'लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई,' उनले भनेका छन्। 

salt training

कमेन्ट गर्नुहोस्