२८ जेठ २०८३, बिहीबार

पहिराले च्यापिएर सिन्धुलीमा एक जनाको मृत्यु

पहिराले च्यापिएर सिन्धुलीमा एक जनाको मृत्यु

सिन्धुलीमा पहिरामा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

गाउँपालिका–३ खुरहरीमा आफ्नै बारीको ढुंगा निकाल्ने क्रममा माथिबाट खसेको पहिराले च्यापिएर आज दिउँसो उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय टेकबहादुर परियार छन् ।

पहिराले च्यापिएर सख्त घाइते भएका परियारलाई तीनपाटन गाउँपालिकामा अवस्थित बाहुनतिल्पुङ स्वास्थ्यचौकी पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। 

salt training

कमेन्ट गर्नुहोस्