
नेपालले यूएईमाथि रोमाञ्चक जीत हासिल गरेपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत भट्टराईले लेखेका छन्, 'यसरी नै आआफ्नो क्षेत्रबाट देशको शीर ठाडो पार्ने काम गरौं, नेपाली टिमलाई मुरीमुरी बधाई।'
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आईसीसी लिग डिभिजन टुको अन्तिम खेलमा नेपालले यूएईलाई डीएल मेथोडमा ९ रनले पराजित गर्दै नेपालले सोझै विश्वकप छनोटमा स्थान बनाएको छ।
क्रिकेटमा नेपालले जीत हासिल हुनुले समृद्ध र सम्मानित नेपाल बन्ने उनले लेखेका छन्।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि नेपाली क्रिकेट टीमलाई बधाई दिएका थिए।