जेठ २०, २०८०
नेपाली कांग्रेस महामन्त्री गगन थापाले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका छन् । मेयर महर्जनलाई भेटेर थापाले नेपालभरका स्थानीय तहका सरकारमध्ये ललितपुर उदाहरणीय...
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा गएरातिदेखि मौन अवधि शुरू भएको छ ।
स्ववियु निर्वाचन आचारसंहिताअनुसार गएराति १२ बजेदेखि मौन अवधि शुरू भएको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले उम्मेदवारले मौन अवधिमा स्ववियु चुनावको प्रचारप्रसार गर्न नपाउने बताए ।
उनले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचारप्रसार बन्द गरिएको जानकारी दिए । रातिदेखि आचारसंहिता लाग्ने भएपछि बिहीवार सम्बन्धित क्याम्पसले उम्मेदवारको प्रचारप्रसारका लागि एउटा कार्यक्रम गरी परिचयात्मक कार्यक्रम राखेका थिए ।
चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि ५ दिनको लागि मात्र प्रचारप्रसारको समय छुट्याइएको थियो । निर्वाचनका लागि फागुन २७ गते उम्मेदवार मनोनयनपत्र दर्ता गरिएको थियो ।
स्ववियु निर्वाचन आचारसंहितामा प्रचारप्रसार गर्नका लागि रंगरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने तथा निर्वाचन सम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ । उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावलीको एफोर साइजको एकै रंग भएको पर्चा मात्र प्रचारप्रसार गर्न पाइने आचारसंहितामा उल्लेख गरिएको छ ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु निर्वाचनका लागि ६२ आंगिक र १ हजार ४० क्याम्पसमा एकैसाथ चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।
त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निधेष गरेको छ । निर्वाचनलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको हो । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले निर्वाचनलाई भयरहित बनाउनका लागि तरल, धातुजन्य वस्तु, डिजिटल वस्तु र आगोजन्य वस्तु मतदान केन्द्रमा लैजान निषेध गरिएको बताए ।
उनका अनुसार पानीका बोतल, पेट्रोल, डिजल, मादक पदार्थ, औषधिजन्य वस्तु, सिसाका बोत्तल, रंग, मसी लैजान निषेध गरिएको छ । धातुजन्य वस्तुमा नङकट, धारिलो हतियार, भाला, खुकुरी, छुरी, चक्कु, डिजिटल वस्ुतमा मोबाइल, क्यामेरा, झोला, लौरो, हेल्मेट, छाता, चाबी, रेकर्डर, साइकल तथा मोटरसाइकलको चेन समेत लैजान प्रतिबन्ध गरिएको छ । लाइटर, सलाई, ग्यासजन्य वस्तु पनि लैजान प्रतिबन्ध गरिएको छ ।
उनले त्रिविअन्तर्गतका सबै क्याम्पसमा रहेका निर्वाचन समितिलाई प्रतिबन्धित वस्तु लैजान निषेध गर्न निर्देशन समेत दिइसकेको जानकारी दिए ।
नेपाली कांग्रेस महामन्त्री गगन थापाले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका छन् । मेयर महर्जनलाई भेटेर थापाले नेपालभरका स्थानीय तहका सरकारमध्ये ललितपुर उदाहरणीय...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्रहीतविपरीत अभिव्यक्ति दिएको ठहर गरेको छ । शनिवार बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले...
मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता...
नेकपा (एकीकृत समाजवादी)ले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव २०७८/७९ को आम्दानी र खर्चको विवरण सार्वजनिक भएको हो । पार्टीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर धार्मिक कार्यक्रममा सहभागी हुनु सांस्कृतिक कूटनीतिको प्रतीक भएको बताएका छन् । भारतको...
लुम्बिनी प्रदेशकी सांसद सुशीला वादीको समुदायले वर्षाैंदेखि जातीय विभेद भोग्दै आयो । सुशीला लुम्बिनी प्रदेशको पहिलो र एक मात्र वादी समुदायकी प्रदेशसभा सदस्य हुन् । उनी दलित भित्रको पनि अति पिछडिएको दलित, अछ...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...