×

Nic Asia
Prabhu Bank

सरसर्ती २४ घण्टा

सनसनीपूर्ण जीतसँगै क्रिकेट टोलीको उच्च प्रशंसा, यी हुन् विश्वकप छनोटमा खेल्ने देश

चैत ३, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपालले आईसिसी विश्वकप लिग २ मा यूएईविरुद्ध चामत्कारिक जीत दर्ता गरेको छ ।  ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले डिएल मेथडमा यूएईमाथि ९ रनको सनसनीपूर्ण जीत दर्ता गराएको हो । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन जोड्दा खराब प्रकाशका कारण खेल रोकिएको थियो । खेल रोकिँदा डिएल मेथडमा अगाडि रहेपछि नेपालले अविश्वसनीय लाग्ने जीत पक्का गरेको हो । 

yONNEX
Frooti
Appy

यूएईका आशिफ खानको शतकीय अविजित १०१ रन, वृत्या अरविन्दको ९४ र मोहम्मद वासिमले ६३ रन बनाएपछि नेपालसामू रनको पहाड तेर्सिएको थियो । तर नेपालले हार मान्दै मानेन । अन्तिमसम्मै प्रयत्न जारी राखिरह्यो। नियमित अग्रपंक्तिका विकेट गुमाउँदा पनि मध्यपंक्ति सम्हालिँदा नेपाल चामत्कारिक जीत हासिल गर्न सक्षम भयो । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

अन्ततः ३६ खेलमा १९ जीतसहित ४० अंक बुटुल्दै ७ मध्ये शीर्ष ३ मा पर्दै नेपालले एकदिवसीय विश्वकप छनोट सीधै खेल्ने पक्का गरेको हो ।
००००
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आरिफ शेख र गुल्सन झाको ब्याटिङको सहयोगमा नेपालले सुखद् नतिजा निकाल्न सफल भएको बताएका छन् । 
लिग–२ को अन्तिम खेलमा युएईबिरुद्ध डिएलएस पद्धतिमा ९ रनको जित निकालेपछिको पत्रकार सम्मेलनमा कप्तान पौडेलले शुरुवात खराब भएपनि आरिफ र गुल्सनको साझेदारी इनिङको सहयोगमा जित सम्भव भएको बताएका हुन् । 


Advertisment
Lokantar App
Saurya island

यस्तै प्रशिक्षक मोन्टी देशाईले ५० ओभरमा ३ सय ११ रनको लक्ष्य सम्हालिएर खेलेको अवस्थामा पछ्याउन कठिन नहुने भन्दै खेलाडीमा आत्मविश्वास रहेको बताए ।  यही लक्ष्यका साथ खेल्दा आजको खेलमा जित निकाल्न सफल भएको प्रतिक्रिया दिए ।  खेल अवधिमा विपक्षी टोली केही रणनीति अपनाए पनि अनुशासित ब्याटिङ गर्दा नतिजा पोल्टामा परेको देशाई बताए । नेपालले प्राप्त गरेको सफलता पछि भावुक समेत देखिएका देशाईले समर्थकलाई धन्यवाद दिए । 
००००
प्रधानमन्त्री प्रचण्डले यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको भन्दै खुशी व्यक्त गरेका छन्। ‘लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई,’ उनले भनेका छन्। यसअघि प्रधानमन्त्री प्रचण्ड खेल हेर्न मैदानमै पुगेका थिए। नेपाली टोलीले सफलतापछि चौतर्फी बधाई र प्रसंशा पाइरहेको छ । 
००००
आगामी १८ जुनदेखि ९ जुलाइसम्म एकदिवसीय विश्वकपको छनोट खेल हुँदैछ ।  जसमा नेपालसँगै स्कटल्यान्ड, ओमान, नेदरल्यान्ड्स र जिम्बाब्वे गरी पाँच टीमको टुंगो लागिसकेको छ । यस्तै  सुपर लिगबाट अर्को तीन टिमले छनोटमा स्थान बनाउनेछन् भने आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफबाट पनि शीर्ष दुई टिमको प्रवेश हुनेछ ।

JYOTI
Vianet communication

समीकरणका आधारमा नेपालले अब स्कटल्यान्ड, ओमान, नेदरल्यान्ड्स र जिम्बाब्वेसँगै नामिबिया, यूएई, क्यानडा, पपुवा न्युगिनी अमेरिका र जर्सी मध्ये दुई टिम तथा दक्षिण अफ्रिका, वेष्ट इन्डिज, श्रीलंका र आयरल्यान्डमध्येका शीर्ष तीन टिमसँग प्रतिस्पर्धा गर्ने देखिएको छ । 

आईसीसी एकदिवसीय विश्वकपमा भारतसहित इङ्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, पाकिस्तान र आफगानिस्तानले भने स्थान बनाइसकेका छन् । एकदिवसीय विश्वकप आगामी अक्टोबर र नोभेम्बर हुने छ ।
००००
उपराष्ट्रपति पदको निर्वाचन अन्तरगत शुक्रबार मतदान हुँदैछ ।  नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा हुने मतदानलगत्तै मत मतगणना गरेर नतिजा सार्वजनिक गर्ने तयारी छ । उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव गरी चार उम्मेदवार छन् । प्रमिलाले यसअघि विज्ञप्ति जारी गरेर उम्मेदवारी निष्क्रिय बनाएकी थिइन् । 
००००
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९–८० को आठ महिनामा ४३ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । महानगरपालिकाले चालु आवमा रु १० अर्ब ४१ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेकामा रु चार अर्ब ५६ करोड ६२ लाख उठाएको जनाएको छ ।
००००
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा गएरातिदेखि मौन अवधि शुरू भएको छ । 
स्ववियु निर्वाचन आचारसंहिताअनुसार गएराति १२ बजेदेखि मौन अवधि शुरू भएको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले  उम्मेदवारले मौन अवधिमा स्ववियु चुनावको प्रचारप्रसार गर्न नपाउने बताए ।
००००
सरकारले २०८० सालभर हुने  बिदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरीमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा हुने सार्वजनिक, पर्व एवम् सट्टा बिदा र कार्यालय निर्धारण भएको निर्णयसहितको विवरण राजपत्रमा प्रकाशित गरेको हो । 
००००
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालय राजनीतिक वा अन्य कुनै पनि खालको डर, त्रास र प्रलोभनमा पर्न नहुने बताएका छन् । 
बिहीबार काठमाडौंमा आयोजित कानुनका विद्यार्थीसँगको अन्तरक्रियामा उनले न्यायालय राजनीतिक आग्रह वा अन्य खालको स्वार्थमा परेकाले मुलुकको न्याय सम्पादन निष्पक्ष र स्वतन्त्र हुन नसकेको दाबीसमेत गरे ।
००००
जनता समाजवादी पार्टी (जसपा) ले मञ्जु शर्मा (अन्सारी)लाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ । 
बिहीबार ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसेको सो पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
००००
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा हिमाल कार्की नियुक्त भएका छन् । संसदीय दलका नेता उद्धव थापाले कार्कीलाई उपनेता नियुक्त गरेका हुन् ।
थापा नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् भने उपनेता कार्की सभापति शेरबहादुर देउवा पक्षका हुन् । कार्की कांग्रेस उदयपुरका जिल्ला सभापति पनि हुन् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २१, २०८०

नक्कली शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट ९ जना सरकारी वकिलहरूले बहस गर्ने भएका छन् । ​आइतवारदेखि काठमाडौं जिल्ला अदालतमा शुरू भएको थुनछेक बहसमा सरकारी वकिलको कार्यालयका तर्फबाट ९ जन...

जेठ २१, २०८०

एक सातादेखि तराई/मधेशका अधिकांश क्षेत्रमा तापक्रम ह्वात्तै बढ्दा गर्मीले सीमा नाघेको छ । रूपन्देहीसहित तराईका धेरै जिल्लामा पाँच दिनयता तापक्रम ४० डिग्रीभन्दा बढी मापन गरिएको छ, जसले गर्दा तातो हावा &lsquo...

जेठ २१, २०८०

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदको अवरोध हट्ने बताएका छन् ।  एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले आइतवार बसेको प्रतिनिधि सभाको बैठक...

जेठ २१, २०८०

सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले विधेयकलाई तत्काल यथास्थनमा राख्न अल्पकालीन अन्तरिम आदेश दिए...

जेठ २१, २०८०

नक्कली शरणार्थी प्रकरणको थुनछेक बहसका क्रममा काठमाडौं जिल्ला अदालतमा आइतवार न्यायाधीश र सरकारी वकिलबीच रोचक सवालजवाफ चल्यो । करीब ४ घण्टा चलेको बहसका क्रममा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपाने र जिल्ला न्यायाधिव...

जेठ २१, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफ...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

ad
x