३१ जेठ २०८३, आइतबार

पोखरामा बसको ठक्करबाट युवतीको मृत्यु

पोखरामा बसको ठक्करबाट युवतीको मृत्यु
प्रतिकात्मक तस्वीर

पोखरामा बसको ठक्करबाट १ युवतीको मृत्यु भएको छ ।

शुक्रवार बिहान नगर बसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–४ चिप्लेढुंगामा ग१ख ७१०८ नम्बरको बसले कार्कीले चलाइरहेको ग९प ९९८९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।
 
कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

बस चालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्