२८ जेठ २०८३, बिहीबार
उपराष्ट्रपतिको निर्वाचन

उपराष्ट्रपतिमा मतदान शुरू, रामसहायले हाले पहिलो भोट

उपराष्ट्रपतिमा मतदान शुरू, रामसहायले हाले पहिलो भोट

उपराष्ट्रपतिको निर्वाचनमा मतदान शुरू भएको छ । बानेश्वरस्थित ल्होत्से हलमा उपराष्ट्रपतिको लागि मतदान शुरू भएको हो ।

सत्ता गठबन्धनका तर्फबाट जसपाबाट उम्मेदवार बनेका रामसहायप्रसाद यादवले पहिलो भोट हालेका छन् । 

उपराष्ट्रपतिमा जसपाबाट यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमतबाट ममता झा उम्मेदवार छन् । जसपा उम्मेदवारलाई १० दलको समर्थन छ ।

आज दिउसो ३ बजेसम्म मतदानको लागि समय तोकिएको छ । 
चुनावमा संघीय सांसद र प्रदेशसभा सदस्य गरी ८८२ मतदाता छन् ।

यी मतदाताको कुल मतभारको २६३१५ मत कटाउने उम्मेदवार विजयी हुनेछन् । मतदान सकिएको केहीबेरमा उपराष्ट्रपतिक मतगणना गर्ने र परिणाम सार्वजनिक गर्ने तयारी निर्वाचन अधिकृतको कार्यालयको छ । 

salt training

कमेन्ट गर्नुहोस्