
निर्देशक नन्दिता दासको फिल्म ‘ज्भिगाटो’ मार्च १७ मा रिलिज हुँदैछ ।
यस फिल्ममा हास्य कलाकार कपिल शर्मा र सहाना गोस्वामी मुख्य भूमिकामा देखिँदै छन्। निर्देशक नन्दिताले कपिललाई आफ्नो फिल्ममा डेलिभरी ब्वाइको भूमिकाका देखाइएको बताएकी छन्। साथै उनले फिल्म सामान्य मानिसको कथा रहेको जानकारी दिएकी छन्।
एक अन्तर्वार्तामा नन्दिताले भनिन्, ‘मैले कपिल शर्माको शो हेरेको छैन, त्यसैले मलाई कपिलबारे धेरै थाहा छैन । एक दिन अचानक मेरो नजर कपिलमाथि अवार्ड शोको भिडियो क्लिपमा पर्यो । जब मैले यो क्लिप देखेँ, मलाई यो मान्छे कोही 'सामान्य मान्छे' जस्तै लाग्यो। आम मानिसको भूमिकाका लागि कपिल मेरो पहिलो रोजाइ हुन् ।'
यो फिल्म यसअघि टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभल, बुसान इन्टरनेशनल फिल्म फेस्टिभल र केरलाको इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ । चलचित्रको विषयवस्तुबारे कुरा गर्दै नन्दिताले भनिन्, 'मलाई यस्ता विषय मनपर्छ । आजकल चलचित्रमा आम मानिसका कथा विरलै देख्न पाइन्छ ।'
यस फिल्ममा शाहरूख खानलाई डेलिभरी ब्वाइका रूपमा कास्ट गर्नेबारे कुरा गर्दै नन्दिताले भनिन्, 'यो कथा धनी मानिसको होइन, आम मानिसको हो । यो कुनै ठूला स्टारको कथा होइन ।'
फिल्ममा एक आम मानिसको कथा देखाइएको छ। जसले कोरोना महामारीका कारण आफ्नो जागिर गुमाउँछ र फुड डेलिभरीको काम गरिरहेको देखाइएको छ।