चैत ८, २०७९
चलचित्र ‘छक्का पञ्जा ४’ ले १८ करोड रूपैयाँ हाराहारी ग्रस कलेक्सन गरेको छ । चलचित्रले हिजो (मंगलवार)सम्ममा उक्त कमाई गरेको हो । फागुनको १९ गतेबाट प्रदर्शनमा आएको चलचित्र यति बेला तेस्रो सातामा प्र...
काठमाडाैं | चैत ३, २०७९
हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको नयाँ गीत सार्वजनिक गरिएको छ ।
लोक लयमा आधारित ‘काउली’ बोलको उक्त गीतमा लोक गायिका शान्तिश्री परियारले उनलाई साथ दिएकी छिन् ।
गीतको भिडियोमा समेत आचार्य स्वयंले अभिनय गरेका छन् । भिडियोमा उनीसँगै पहिलो पटक प्रकाश सपुत र प्रियंका कार्कीले एकसाथ जोडी बाँधेका छन् ।
गीतको भिडियोमा चेलबेटी बेचबिखन विरुद्धको सन्देशसमेत दिन खोजिएको छ । गीतको भिडियो निर्देशन सरोज ओलीले गरेका छन् ।
हरिवंशका अनुसार उनले यो गीत निर्देशक ओलीकै एनिभर्सरीका दिन लेखेका हुन् ।
‘एक वर्षअघि म सरोज भाइको एनिभर्सरीको पारिवारिक जमघटमा सहभागी हुन होटल तिब्बेतमा गएको थिएँ,’ हरिवंशले सम्झिए, ‘त्यहीबेला एक्कासी काउलीको प्रसंग निस्कियो । मेरो मुखमा त्यसै ‘ए काउली, नचिने मान्छे आँखा झिम्काउली’ शब्द फुर्यो । त्यसपछि यसले गीतको स्वरूप पाएको हो । ’
गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने बनेको बताउँछन् आचार्य । ‘बिहे ब्रतबन्धतिर उफ्रि उफ्रि नाच्न मिल्ने गीत बनेको छ, रमाइलो लाग्यो भने दर्शकहरु पनि उफ्रि उफ्रि नाच्न सक्नुहुनेछ,’ उनले भने ।
यो गीतको श्यामश्वेत रसाईलीले एरेन्ज र गम्भीर विष्टले भिडियो कोरियोग्राफी गरेका हुन् ।
नवराज उप्रेतीको छायाँकन रहेको भिडियो बनिश शाहको सम्पादनपछि सार्वजनिक गरिएको हो ।
चलचित्र ‘छक्का पञ्जा ४’ ले १८ करोड रूपैयाँ हाराहारी ग्रस कलेक्सन गरेको छ । चलचित्रले हिजो (मंगलवार)सम्ममा उक्त कमाई गरेको हो । फागुनको १९ गतेबाट प्रदर्शनमा आएको चलचित्र यति बेला तेस्रो सातामा प्र...
हिट फिल्मी गीत ‘सिम्पल सिम्पल कान्छीको’को सिक्वेल आउने भएको छ । झण्डै १४ वर्षअघिको फिल्म ‘अन्जाज’मा दिपक लिम्बु र माण्डबी त्रिपाठीको स्वरमा समावेश उक्त गीत निकै हिट भएको थियो । शंकर...
नेपाली साङ्गीतिक क्षेत्रमा केही बाल गायक–गायिकाहरुको चर्चा पनि कम छैन । सानो उमेरमै आफ्नो गायकीको कारण लोभलाग्दो चर्चा कमाउनेहरू थुप्रै छन् । सुप्रिम मल्ल ठकुरी त्यसैमध्येका एक बाल गायक हुन्, जसले सा...
अभिनेता एवं मोडल पल शाह एक वर्षभन्दा लामो समयको अन्तरालपछि अभिनयमा कमब्याक गर्दैछन् । म्युजिक भिडियोबाट अभिनयमा फर्किने उनको तयारी छ । एक वर्षअघिको चर्चित गीत ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल...
नयाँ वर्षको अवसर पारेर वैशाखको १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र हो, ‘नाईं नभन्नू ल ६’ । यसका अघिल्ला पाँचवटै श्रृङ्खलाले बक्स अफिसमा आक्रामक कमाइ गरेका कारण यस चलचित्र प्रतीक्षित मानिए...
‘दोलखामा जिरी’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक यो गीतमा डि.आर सुजन र सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन् । विमला हुमागाइँ (बोधश्री)को शब्द रहेको गीतमा गाय...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...