२१ असार २०८३, आइतबार

उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवले भने- इमानदार भएर भूमिका निभाउँछु

उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवले भने- इमानदार भएर भूमिका निभाउँछु

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन्। 

शुक्रबार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले  मुलुकलाई समृद्धितर्फ लैजाने काममा पन आफू लाग्ने बताए।  

शान्ति प्रक्रियाका कामहरू निष्कर्षमा पुर्‍याउन बाँकी रहेको भन्दै त्यसलाई पूरा गर्न आफ्नो तर्फबाट प्रयास हुने यादवले बताए। 

‘राष्ट्रिय एकतालाई मजबुत गर्न, प्रवर्द्धन गर्न मेरो इमानदारिताकासाथ भूमिका रहनेछ । मुलुक समृद्ध रुपमा अघि बढोस् ।

नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउने भूमिका खेल्ने जनता र सांसहरूप्रति धन्यवाद प्रकट गरे। 

salt training

कमेन्ट गर्नुहोस्