
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरूलाई प्रोत्साहन मिल्ने बताएका छन्।
शुक्रबार उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादव निर्वाचित भएसँगै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले नवनिर्वाचित उपराष्ट्रपति यादव इमानदारिता र स्वच्छ छविको प्रतीकको रूपमा रहेको बताए।
उनले यादवको विजयले स्वच्छ राजनीति र स्वच्छ छवि भएकाहरूका लागि भविष्यमा राजनीति गर्न प्रोत्साहन मिल्ने बताए।
उनले नवनिर्वाचित उपराष्ट्रपतिको विजय सबैको विजय भएको प्रतिक्रिया दिए।