२३ जेठ २०८३, शनिबार

तिलगंगामा गाडीको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु

तिलगंगामा गाडीको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु

काठमाडौँ महानगरपालिका–९ तिलगङ्गामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

ना३ख ६०६४ नम्बरको गाडीले  ठक्करबाट गम्भीर घाइते भएका सिन्धुपाल्चोक जलवीरे गाउँपालिका–९ घर भई हाल काठमाडौँको सिनामङ्गल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको मृत्यु भएको हो। 

काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी वृत्त गौलाशाका प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले जानकारी दिए। 

यसैबीच काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेचोक नजिकै सडकपेटीमा दोलखा चरिकोट घर भएकी ५५ वर्षीया गौरी भन्ने कमला गोले मृतावस्थामा फेला परेकी छन् ।

मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्