१९ असार २०८३, शुक्रबार

हिजो भीरबाट लडेका युवकको आज शव फेला

हिजो भीरबाट लडेका युवकको आज शव फेला

भीरबाट लडेर माप्यदूधकोसी गाउँपालिका–३ खास्तापका ३५ वर्षीय अमृत राईको मृत्यु भएको छ ।

शुक्रबार कसैलाई जानकारी नगराई घरबाट निस्किएका राईको शव आज खास्तापकै चेम्सी खोलामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर साहका अनुसार दयाखोप भीरबाट लडेका राईको शव करिब एक सय ५० मिटर तल चेम्सी खोलामा स्थानीयले फेला पारेका थिए । 

मृतक मानसिक रूपमा अस्वस्थ रहेको पारिवारिक स्रोतले बताएका छन्। 

कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्