२७ जेठ २०८३, बुधबार

मोरङका १० मध्ये ८ क्याम्पसमा स्ववियु चुनाव हुँदै, विद्यार्थी उत्साहित

मोरङका १० मध्ये ८ क्याम्पसमा स्ववियु चुनाव हुँदै, विद्यार्थी उत्साहित

त्रिभुवन विश्वविद्यालयअन्तर्गत मोरङका १० वटा क्याम्पस  मध्ये ८ क्याम्पसमा आइतवार स्ववियु निर्वाचन हुँदैछ ।

१४ वर्षपछि भइरहेको स्ववियु निर्वाचनमा विद्यार्थीहरू उत्साहित भएर मतदानमा सहभागी भएका छन् ।

मोरङको सुकुना बहुमुखी क्याम्पसमा सोमवार मात्रै निर्वाचन हुने भएको छ भने केरावारीको खदम क्याम्पसमा एउटा मात्रै प्यानलको उम्मेदवारी परेको छ, त्यहाँ नेकपा एमालेनिकट अनेरास्ववियुले विरोध गरिरहेको छ ।

विराटनगरको महेन्द्र बहुमुखी, डिग्री कलेज, बेलबारी बहुमुखी, उर्लाबारी बहुमुखी, रमाइलो क्याम्पस, पथरी बहुमुखी, लेटाङ क्याम्पस लगायतमा चुनाव हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्