
१४ वर्षपछि आइतवारका लागि स्ववियु चुनाव तोकिए पनि अधिकांश ठूला क्याम्पसमा मतदान स्थगित भएको छ ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका केही क्याम्पसमा निर्वाचन शुरू भए पनि अधिकांश ठूला क्याम्पसमा आज मतदान नहुने भएको छ ।
चुनाव भइरहेका क्याम्पसमा महेन्द्ररत्न बहुमुखी क्याम्पस, सररस्वती क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पस, पुल्चोक इञ्जीनियरिङ क्याम्पस, थापाथली इञ्जीनियरिङ क्याम्पसलगायत छन् ।
तर, काठमाडौंका केही ठूला क्याम्पसमा भने आज चुनाव नहुने भएको छ । काठमाडौंका २२ आंगिक क्याम्पसमध्ये मुख्य ७ वटामा स्ववियु चुनाव हुन सकेन ।
चुनाव नहुने क्याम्पसमा रत्नराज्य, विश्वभाषा, त्रिचन्द्र, अमृत साइन्स, नेपाल कमर्स क्याम्पस मीनभवन छन् ।
त्यस्तै, ललितपुरको पाटन क्याम्पस र कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा पनि आज स्ववियु हुन हुन नसकेको जानकारी स्ववियु चुनाव केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए ।
ठाकुराराम बहुमुखी क्याम्पस वीरगञ्ज र पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा पनि आज स्ववियु चुनाव हुने सकेन ।