३० असार २०८३, मंगलबार

भारतीय अभिनेत्री भन्छिन्- अहिलेका युवती आफूचाहिँ कमाउँदैनन्, पैसावाला केटा खोज्छन्

भारतीय अभिनेत्री भन्छिन्- अहिलेका युवती आफूचाहिँ कमाउँदैनन्, पैसावाला केटा खोज्छन्

बलिउडका ‘दिल चाहता है’, ‘सिंघम’ ‘मिशन कश्मीर’ जस्ता फिल्म गरिसकेकी अभिनेत्री सोनाली कुलकर्णीले महिलाको विषयमा दिएको एउटा अभिव्यक्तिले अहिले उनी चर्चामा छिन्। 

सोनालीको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यो भिडियोमा उनले 'फेमिनिज्म' बदलिएको बताइएकी थिइन्। 

उक्त भिडियोमा सोनालीले भारतमा युवतीहरू अल्छी भएका बताइएकी छन्। आजका भारतीय युवतीहरूले राम्रो जागिर भएको, धेरै पैसा कमाउने प्रेमी वा श्रीमान् मात्र खोजेका उनले आरोप लगाएकी छन्। 

अन्तर्वार्तामा उनले भनेकी छन्, 'म सबैलाई भन्न चाहन्छु कि आफ्नो घरका महिलाहरूलाई आत्मनिर्भर बनाउनुहोस्, उनीहरूलाई आफ्नै खुट्टामा उभिन सक्षम बनाउनुहोस्, जसले गर्दा उनीहरूले आफूलाई मात्र होइन आफ्नो पार्टनरलाई पनि समर्थन गर्न सकून्। आफ्नो घरमा छोरीहरूलाई यसरी तयार गर कि उनीहरूले भन्न सक्छन् कि फ्रिज किन्ने हो भने आधा पैसा देऊ, आधा म दिन्छु ।'

सोनालीले थप भनेकी छन्, 'मेरो एक जना साथी छन् । उनको बारेमा धेरै बताउँदिनँ तर बिहेका लागि केटा खोज्दै थिइन् । उनले मलाई ५० हजारभन्दा कम तलब भएको केटा हेर्दै नहेर भनिन्। यति मात्र होइन उनले सासू र ससुराले दुःख नदिने र चार पाङ्ग्रे गाडी हुनुपर्छ भनिन् । मैले भनें तिमी कुनै मलमा आएकी छौ ? केटा चाहियो कि अफर ? यो निकै लाजमर्दो कुरा हो ।'

salt training

कमेन्ट गर्नुहोस्