चैत ११, २०७९
मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध...
काठमाडाैं | चैत ५, २०७९
त्रिभुवन विश्व विद्यालयले स्ववियु निर्वाचन हुन बाँकी सबै क्याम्पसहरूमा चैत १२ अघि नै निर्वाचन गरिसक्न आग्रह गरेको छ । त्रिविका उपकुलपति प्राडा धर्मकान्त वास्कोटाले आइतबार विज्ञप्तिमार्फत आगामी चैत्र १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सो अगावै आपसी समझदारी काम गरेर निर्वाचन गरिसक्न आग्रह गरेका हुन् ।
‘स्थगन भएका क्याम्पस तथा कलेजहरूमा आगामी चैत्र १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सो अगावै आपसी समझदारी कायम गर्दै कसैले कसैको हारजित नसम्झी विद्यार्थी युनियनको जितलाई केन्द्रबिन्दुमा राखी स्थगन भएका निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न सबै क्याम्पस प्रशासन, विद्यार्थी नेतृत्वकर्ता, विद्यार्थी वर्ग, सबै राजनैतिक दल, स्थानीय प्रशासन, आमसञ्चार जगत, अभिभावक वर्ग लगायत सम्बन्धित सम्पूर्ण पक्षलाई हार्दिक अनुरोध गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।
लामो अन्तरालपछि आइतबार सम्पन्न त्रिभुवन विश्वविद्यालयको आइगिक तथा सम्बन्धन प्राप्त अधिकांश क्याम्पस– कलेजहरूमा स्ववियु निर्वाचन सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।
केही क्याम्पस तथा कलेजहरूमा विद्यार्थी संघ संगठनहरूबीचको सामान्य विवादका कारण मतदान स्थगन गर्नु परेता पनि अधिकांश स्थानमा शान्तिपूर्वक निर्वाचन भएको त्रिविको भनाइ छ ।
स्थगन भएका स्थानमा आपसी सहमति कायम गरी निर्वाचन प्रक्रिया सम्पन्न गर्न सम्बन्धित सबै पक्ष अनवरत रूपमा लागि परेका विज्ञप्तिमा उल्लेख छ।
निर्वाचन सम्पन्न भए पश्चात् कोभिड महामारीले अस्तव्यस्त बनाएको शैक्षिक पात्रोलाई स्थिर तुल्याई, पठनपाठनलाई अभियानको रूपमा सञ्चालन गरी शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्न भूमिका खेल्न पनि त्रिविले आह्वान गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध...
नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा विशेष कार्यक्रम गरी जनगणनाको अन्तिम तथ्यांक सार्वजनिक गरिएको हो । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेक...
नेपालमा २ करोड नेपाली लेखपढ गर्न जान्ने छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको साक्षरता दर बढी हुनेमा काठमाडौं पहिलो नम्बरमा छ भने सबैभन्दा कम रौतहटमा छ । राष्ट्रिय जनगणनामा ५ वर्ष वा सोभन्द...
काठमाडौं । तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहसिहत प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई श...
काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहावको सार्वजनिक क्षेत्रमा बनेका अनधिकृत संरचना ७ दिनभित्र हटाउन आह्वान गरेको छ । शनिवार पत्रिका सूचना प्रकाशित गर्दै महानगरपालिकाले नदी कोरिडोरको सार्...
काठमाडौँ उपत्यकाभित्र सवारी दुर्घटनाका कारण बर्सेनि सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्ममा काठमाडौँ उपत्यकाभित्र छ हज...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...