०६ साउन २०८३, बुधबार
स्ववियु चुनाव

चैत १२ अघि सबै क्याम्पसमा स्ववियु निर्वाचन सकिसक्न त्रिविको आग्रह

चैत १२ अघि सबै क्याम्पसमा स्ववियु निर्वाचन सकिसक्न त्रिविको आग्रह

त्रिभुवन विश्व विद्यालयले स्ववियु निर्वाचन हुन बाँकी सबै क्याम्पसहरूमा चैत १२ अघि नै निर्वाचन गरिसक्न आग्रह गरेको छ । त्रिविका उपकुलपति प्राडा धर्मकान्त वास्कोटाले आइतबार विज्ञप्तिमार्फत आगामी चैत्र १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सो अगावै आपसी समझदारी काम गरेर निर्वाचन गरिसक्न आग्रह गरेका हुन् ।

‘स्थगन भएका क्याम्पस तथा कलेजहरूमा आगामी चैत्र १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सो अगावै आपसी समझदारी कायम गर्दै कसैले कसैको हारजित नसम्झी विद्यार्थी युनियनको जितलाई केन्द्रबिन्दुमा राखी स्थगन भएका निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न सबै क्याम्पस प्रशासन, विद्यार्थी नेतृत्वकर्ता, विद्यार्थी वर्ग, सबै राजनैतिक दल, स्थानीय प्रशासन, आमसञ्चार जगत, अभिभावक वर्ग लगायत सम्बन्धित सम्पूर्ण पक्षलाई हार्दिक अनुरोध गर्दछु’, विज्ञप्तिमा भनिएको छ । 

लामो अन्तरालपछि  आइतबार सम्पन्न त्रिभुवन विश्वविद्यालयको आइगिक तथा सम्बन्धन प्राप्त अधिकांश क्याम्पस– कलेजहरूमा स्ववियु निर्वाचन सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ । 

केही क्याम्पस तथा कलेजहरूमा विद्यार्थी संघ संगठनहरूबीचको सामान्य विवादका कारण मतदान स्थगन गर्नु परेता पनि अधिकांश स्थानमा शान्तिपूर्वक निर्वाचन भएको त्रिविको भनाइ छ । 

 स्थगन भएका स्थानमा आपसी सहमति कायम गरी निर्वाचन प्रक्रिया सम्पन्न गर्न सम्बन्धित सबै पक्ष अनवरत रूपमा लागि परेका विज्ञप्तिमा उल्लेख  छ। 

निर्वाचन सम्पन्न भए पश्चात् कोभिड महामारीले अस्तव्यस्त बनाएको  शैक्षिक पात्रोलाई स्थिर तुल्याई, पठनपाठनलाई अभियानको रूपमा सञ्चालन गरी शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्न भूमिका खेल्न पनि त्रिविले आह्वान गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्