०९ साउन २०८३, शनिबार

देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी

देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी

रुपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानल विजयी भएको छ ।

अनेरास्ववियुका अर्जुन गैरेको नेतृत्वमा अखिलको प्यानल विजयी भएको हो ।

सभापतिका लागि ३ जना प्रतिस्पर्धामा थिए । नेपाल विद्यार्थी संघ र एकीकृत समाजवादी निकट अनेरास्ववियु संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट नेविसंघका माधव भट्टराईले उम्मेदवारी दिएका थिए ।

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले स्ववियु सभापतिका लागि धनीकुमारी पन्थीलाई उम्मेदवार बनाएको थियो तर दुवै उम्मेदवारलाई पछि पार्दै गैरेले बाजी मारेका हुन् ।

कोषाध्यक्षमा सोबराज जैसी, सचिवमा गौराब ज्ञवाली, सदस्यहरूमा रविन परियार, अमृता पाठक, भुवन थापा, लेखिका मल्ल, सरोज गिरि विजयी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्