
दाङको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा अनेरास्ववियु संयुक्त प्यानलका उम्मेदवार स्ववियु निर्वाचनमा विजयी भएका छन् ।
नेकपा एमालेनिकट अखिल सहितको टीम चुनावी मैदानमा थियो । संयुक्त प्यानलबाट अनेरास्ववियुका हेमन्त बञ्जाडेले ८३ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजयप्रताप चोबेले ६१ र नेविसंघका बसन्त अधिकारीले ४५ मत प्राप्त गरेका छन् । १९७ मतदाता रहेको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा १८९ मत खसेको थियो ।