२२ जेठ २०८३, शुक्रबार

१४१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

१४१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागूऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । 

वीरगञ्ज महानगरपालिका-१६ स्थित इत्र्वाबाट एकसय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर निवासी २७ वर्षीय ओमप्रकाश सिंहलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

बीआर ०६ जि ऐ ९६९१ नम्बरको मिनी ट्रकमा गाँजा लुकाइ भारततर्फ लैजाँदै गएको अवस्थामा पूर्व सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

इत्र्वागाउँस्थित धर्मकाँटा अगाडि रोकिराखिएको भारतीय ट्रकलाई नियन्त्रणमा लिई जाँच गर्दा गाँजा गरिएको थियो ।

चैत ४ मा पक्राउ परेका सिंहलाई चैत ५ मा पर्सा जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद बुझेको सूचना अधिकारी सिंहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्