
नेपाल राष्ट्र बैंकले मंगलवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।
अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ९२ पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा रहेको छ ।
युरो १ को खरिद दर १४१ रुपैयाँ १३ पैसा र बिक्री दर १४१ रुपैयाँ ७७ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिददर १६१ रुपैयाँ २२ पैसा र बिक्री दर १६१ रुपैयाँ ९५ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ३५ पैसा र बिक्री दर ८८ रुपैयाँ ७५ पैसा रहेको छ ।
कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा रहेको छ ।
