
मौसममा आएको खराबीका कारण हिमाली क्षेत्रको हवाइ सेवा अवरुद्ध भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका निमित्त कार्यालय प्रमुख एसएसपी लालमणि आचार्यले हिमाली क्षेत्रका हवाइ उडान हुन नसकेका जानकारी दिए ।
विमानस्थलबाट अन्य क्षेत्रका उडान नियमित भइरहे पनि हिमाली क्षेत्रमा उडान प्रभावित भएका छन् । हिमाली क्षेत्रमा बदली, वर्षा र हिमपात भइरहेको छ ।