जेठ १७, २०८०
चार दिने औपचारिक भ्रमणको शिलशिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डलाई विदेश तथा संस्कृति राज्यमन्त्रीले मी...
नेपाली सेनाले घोडेजात्राका अवसरमा ६६ वटा घोडा प्रयोग गर्दैछ ।
आज (मंगलवार) टुँडिखेलमा आयोजित समारोहमा हेभी घोडा १० वटा, लाइट घोडा ४६ वटा र पोनी घोडा १० प्रयोग गर्न लागिएको सेनाले जनाएको छ ।
सेनाका अनुसार जात्रामा बग्गीका लागि हेभी घोडा, दौड र विभिन्न अश्वकलाका लागि लाइट घोडा र विशेष दौडका लागि पोनी घोडाको प्रयोग हुन्छ ।
नेपाली सेनामा अहिले १०९ वटा घोडा छन् । सेनाको क्याभ्लरीमा भएका घोडामध्ये हेभी १७, लाइट ७५ र पोनी घोडा १७ वटा छन् । सेनाले आफूलाई आवश्यक पर्ने घोडाहरू मुख्यगरी इक्वाइन ब्रिडिङ सेन्टर भक्तपुरबाट उत्पादन गर्दै आएको छ ।
यसका अलावा वार्षिक १० वटा घोडा चितवनको ब्रिडिङ सेन्टरबाट उत्पादन गर्ने गरिएको सेनाले जनाएको छ । त्यसबाहेक सेनाले आफूलाई आवश्यक पर्ने घोडाहरू खरिद गरेर ल्याउने गरेको छ । सेनाले २०७४ सालमा ५ वटा र ०७९ सालमा ४ वटा घोडा भारतबाट ल्याएको थियो । त्यसमध्ये २ वटा घोडा सहयोगका रूपमा आएको थियो ।
के हो घोडेजात्राको इतिहास ?
घोडेजात्राको मूल नाम पाहाँ चर्हे भएको र त्यसलाई पछि घोडेजात्रा भन्न थालिएको सेनाले जनाएको छ । ‘नेपा मण्डल’भित्र देवी देवताको जात्रा गरी मनाउने चलन थियो । त्यसक्रममा मनाइने पाहाँ चर्हे नखमा घोडा जात्रा थपेर पछि घोडेजात्रामा परिणत भयो ।
घोडेजात्रा गर्ने परम्परा नेपालमा मध्यकालदेखि नै प्रारम्भ भएको थियो । त्यस समयको घोडेजात्रामा राजप्रसादमा राखिएको तलेजु भवानीको घोडा दौडाउने गरिन्थ्यो । काठमाडौंको टुँडिखेलमा मनाइने यस प्रसिद्ध जात्रालाई पछिल्लो समय नेपाली सेनाले औपचारिक रूपमा अगाडि बढाएको छ ।
परापूर्वकालमा गुरूमापा नामक दैत्यमाथि प्राप्त विजयको उत्सवका रूपमा घोडेजात्रा मनाउने गरिन्छ । यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्ने विश्वास छ । यस जात्राले देशमा सुमंगल ल्याउने विश्वास गरिन्छ ।
घोडेजात्राकै अवसरमा पाटनमा एउटा मात्र घोडा दौडाउने चलन छ । पाटनको बालकुमारीमा हुने यो जात्रा ओल्खु चिबहाः टोलको ज्यापु समुदायको भीमसेन गुठीले सञ्चालन गर्दै आएको छ ।
वैदिक सनातन संस्कारमा घोडा अर्थात ‘अश्व’लाई अत्यन्तै महत्त्वपूर्ण जीवको रूपमा लिइएको छ । वैदिक सनातन संस्कारमा सबैभन्दा पूण्य प्राप्त हुने यज्ञ नै ‘अश्वमेघ यज्ञ’ हो, जसमा सयौंको संख्यामा घोडाहरूलाई स्वतन्त्र छाडिन्छ र ती घोडाहरू जहाँ–जहाँ पुग्छन्, त्यहाँसम्म शान्ति, सौहार्दता र आनन्द रहने विश्वास गरिन्छ ।
नेपाली सेनासँग जोडिएको घोडाको इतिहास
पाचौं शताब्दीमै नेपालमा अश्वसेना थिए भन्ने कुरा चाँगुनारायणमा भएको अभिलेखमा उल्लेख छ ।
सेनाका अनुसार त्यस समयमा नेपालमा घोडाहरू तिब्बत तथा उत्तर पश्चिम भारतबाट आयात गरिन्थ्यो ।
ईसाको चौधौं शताब्दीको प्रारम्भिक समयतिर तलेजु भवानी साथमा लिई कर्णाटकहरूको नेपाल आगमन सँगै नेपाली सेनामा घोडचढी सैन्य समावेश भएको इतिहास रहेको सेनाले जनाएको छ । त्यस्तै १६ औं शताब्दीतिर पाल्पाली राजा मुकुन्द सेनले नेपाल आक्रमण गर्दा असंख्य घोडचढी सैन्यहरू ल्याएको कुरा पार्वती वंशावलीमा समेत उल्लेख गरेको इतिहास छ ।
मध्यकालको अन्त्यतिर पृथ्वी नारायण शाहको नेपाल एकीकरण अभियानको समयमा अश्वारोही सेनाको अभाव रहेको इतिहास छ । पछि जंगबहादुर राणाका पालामा नेपालमा अश्व सेना खडा भएको थियो । जंगबहादुरले सन् १८८४ मा सुरेन्द्र वीर विक्रम शाहसँगै शिकारमा जाँदा ३०० घोडासहितको सेना लगेका थिए भन्ने इतिहास छ । सन् १८५७ मा भएको प्रथम भारतीय स्वतन्त्र संग्राममा अंग्रेजहरूलाई मद्दत गर्ने उद्देश्यले जंगबहादुरले कर्णेल पहलमान सिंह बस्नेतको नेतृत्वमा अश्वसेना भारत पठाएको इतिहास रहेको सेनाले जनाएको छ ।
१९ औं शताब्दी (ई.)को प्रारम्भिक समयमा नेपाल र अंग्रेजबीच युद्ध भएपछि नेपाललाई बाह्य राष्ट्रबाट हुन सक्ने सम्भाव्य आक्रमणको त्रास भएको थियो ।
यी कारणहरूले गर्दा अश्वसेना (रिसल्ला पल्टन) एक प्रकारले पाश्र्व सेनाकै रूपमा रहँदै आएको नेपाली सेनाले जनाएको छ ।
चार दिने औपचारिक भ्रमणको शिलशिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डलाई विदेश तथा संस्कृति राज्यमन्त्रीले मी...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाको मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका थप तीनजना आरोपितको बया...
कोशी प्रदेश सरकारले प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीलाई वार्तामा आउन आज आह्वान गरेको छ । प्रदेश सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले...
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुनैसुन लगाएर भाइरल बनाइएको तस्वीरप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बुधवार राजधानीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई सुनप्...
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् । फिजी, अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीका लागि आवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत ...
चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड बुधवार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेक...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...