३१ असार २०८३, बुधबार

जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै

जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक मंगलवार दिउँसो बस्ने भएको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा रहेको व्यवस्थापन समितिको बैठक दिउँसो साढे १२ बजे बस्न लागेको हो ।

मंगलवार बस्ने बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठन लगायतका विषयमा छलफल गरिने पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

जसपाले चैत १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिइसकेको छ । जसपाले चैत २७, २८ र २९ गते आफ्नो विधान अधिवेशन गर्ने निर्णय गरेकाले उक्त विषयको तयारीका लागि पनि मंगलवारको बैठक बोलाइएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्