०७ असार २०८३, आइतबार
प्रधानमन्त्रीविरुद्ध नाराबाजी

‘गरिबमारा’ भन्दै प्रचण्डविरुद्ध सार्वजनिक कार्यक्रममा नाराबाजी

‘गरिबमारा’ भन्दै प्रचण्डविरुद्ध सार्वजनिक कार्यक्रममा नाराबाजी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड 'विरुद्ध' बानेश्वरमा नाराबाजी भएको छ । 

मंगलबार प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए ।

तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले 'आतंककारी प्रचण्ड मुर्दावाद' भन्दै विरोध गरेका थिए ।

त्यसबीच अर्का एक युवाले 'प्रहरीले मुख बन्द गर्न पाइँदैन' भन्दै नारा लगाए ।

दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवैले 'गरिबमारा प्रचण्ड मुर्दावाद', 'मूल्यवृद्धि खारेज गर','नालायक सरकार होसियार','युवालाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन','७७ जिल्लाका युवा एक हौं' भन्दै नाराबाजी गरेका थिए ।

उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएसँगै कार्यक्रमस्थलमा प्रधानमन्त्री पुगेका थिए। 

प्रधानमन्त्री 'प्रचण्ड' कार्यक्रमस्थलमा जाँदै गर्दा उनकै अगाडि एक युवाले 'बैंकको मिटर ब्याज मिनाह गर्' भन्दै नारा लगाएका थिए ।

ती युवालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्