०८ असार २०८३, सोमबार

फ्रान्समा पेन्सनको उमेर बढाइएको विरोधमा लगातार प्रदर्शन

चैत ७, २०७९
फ्रान्समा पेन्सनको उमेर बढाइएको विरोधमा लगातार प्रदर्शन

फ्रान्सको राजधानी पेरिस तथा अन्य शहरहरूमा प्रहरी र प्रदर्शनकारीहरूबीच लगातार भिडन्त भइरहेको छ । 

राष्ट्रपति इम्मानुएल म्याक्रोंले पेन्सर सुधार योजना अन्तर्गत पेन्सन खाने उमेर बढाइदिएपछि भएको विरोध प्रदर्शन उग्र बन्दै गएको छ । 

सोमवार म्याक्रोंको सरकारविरुद्ध ल्याइएको दुईवटा अविश्वास प्रस्ताव पारित हुन सकेका थिएनन् । 

सदन र सडक दुवैमा विरोध भइरहेका छन् । स्ट्रासबोर्ग, लियोन र रेनेस लगायतका स्थानमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् । 

पेरिसमा लगभग १०० जनालाई पक्राउ गरिएको छ । त्यहाँ कैयौं दिनदेखि फोहर नउठाइएकोमा विरोधकर्ताहरूले फोहरको डंगुरमा आगो लगाइदिएका छन् । अग्निनियन्त्रकहरूलाई आगो निभाउन हम्मेहम्मे परेको थियो । 

सन् २०१८ मा इन्धनको मूल्य बढेकोमा भएको येल्लो भेस्ट विरोधकै झल्को अहिलेको विरोध प्रदर्शनले दिएको छ । 

बिहीवार देशभरि हडताल र विरोध कार्यक्रम गरिने भउको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्