०३ असार २०८३, बुधबार

माओवादीले भोट नपाएपछि मन्त्रीको आक्रोश - चितुवालाई गोठालो बनाएपछि बाख्रा सग्लो खोजेर पाइन्छ ?

माओवादीले भोट नपाएपछि मन्त्रीको आक्रोश - चितुवालाई गोठालो बनाएपछि बाख्रा सग्लो खोजेर पाइन्छ ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संविधानसभामा माओवादीले धेरै मत पाउन नसकेका कारण दलित, जनजाति लगायतका उत्पीडत जातिहरूले पर्याप्त हक, अधिकार नपाएका बताएका छन्। ​

मंगलबार ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस (२१ मार्च)को सन्दर्भमा काठमाडौंमा आयोजित सार्वजनिक समारोह कार्यक्रममा मोदीले दलित, जनजातिलगायत उत्पीडत जातिहरूले संविधान बनाउने बेलामा माओवादीलाई बुझ्न नसकेका बताए।

उनले मत हाल्ने बेलामा माओवादीलाई नसम्झेका कारण आज उत्पीडित जातजातिको पर्याप्त हक, अधिकार सुनिश्चित हुन नसकेको बताए। मत अरूलाई दिएर ‘बाख्राको गोठालो चितुवा’ लाई बनाएको उनले टिप्पणी गरे। 

उनले भने, ‘माओवादी आन्दोलनको कारणले आज बोल्न नसकेका दलितहरू बोल्न पाए । आज समावेशीको नाममा माओवादीका मन्त्रिमण्डलमा २-३ जना जनजाति छौँ । एक जना दलित छौँ । एउटा थारूको छोरा छौँ । वास्तवमा समाजको विभेद अन्त्य गर्न माओवादी आन्दोलन थियो । जतिखेर माओवादी आन्दोलनको एउटा सुत्रधार संविधानसभामा संविधान कोर्ने बेला थियो त्यतिबेला हामीले बुझ्न सकेनौँ । अहिले ठूल्ठूला कुरा गर्दैछौँ । तपाई हामी ठूल्ठूला कुरा गर्छौं । त्यतिखेर संविधानसभामा आफ्नो अधिकारको निम्ति तपाईंहरूले भोट हाल्ने बेलामा सम्झनुभएन । उखान छ, बाख्राको गोठालो चितुवालाई दिएपछि बाख्रा सग्लो खोजेर पाइन्छ ? त्यतिखेर भोट दिने बेलामा माओवादीलाई नदिइकन अर्कोलाई दिनुभयो आज त्यही हालत छ ।’ 
बाइट ... अमनलाल मोदी, मन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन
मन्त्री मोदीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा जातिय मुक्ति आन्दोलनको नेतृत्व गरेको भन्दै उहाँलाई नेपालको नेल्सन मण्डेलाको संज्ञा दिनुभयो ।  

salt training

कमेन्ट गर्नुहोस्