०७ असार २०८३, आइतबार

सधैँ अवसरमात्रै खोज्नेहरु आत्तिएका छन्ः मन्त्री मोदी

सधैँ अवसरमात्रै खोज्नेहरु आत्तिएका छन्ः मन्त्री मोदी

 संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले कर्मचारी प्रशासनभित्रको विकृति र बेथिति अन्त्यको सुरुवात भएको बताएका छन् । 

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती बागमती प्रदेशको दोश्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । ‘हिजो पहुँच हुनेहरुले मात्रै अवसर लिने गरेका थिए, सीमित मान्छेहरु मात्रै अवसर लिने र सुगम ठाउँ, काठमाडौं वरीपरी मात्रै रहने परम्परा थियो’ मन्त्री मोदीले भने, ‘मैले यसको अन्त्यको सुरुवात गरेको छु, यसको सुरुवात भएसँगै उनीहरु अतालिएका छन् ।’

मन्त्री मोदीले हिजोका दिनमा मन्त्रीलाई समेत घुमाइदिन्छु भन्दै रजाइदजाई गरेर बसेकाहरु अतालिएर अनर्गल प्रचारमा लागेको समेत बताए । ‘हिजोसम्म खाइँपाइ, रजाइदजाइ गरेर मन्त्रीलाई समेत घुमाउन सक्छु भन्ने सोच भएकाहरु अहिले अतालिएका छन् । उनीहरुले अहिले अनर्गल प्रचारहरु सुरु गरेका छन्’ मन्त्री मोदीले भने ।

मन्त्री मोदीले देश र जनताको सेवाका लागि खटाएको ठाउँमा कर्मचारी जानुपर्ने समेत बताए । 
मन्त्री मोदीले सुधारको कार्यक्रम गर्दा र सुशासन कायम गर्न खोज्दा आउने सबैखाले जोखिम मोल्न तयार रहेको समेत उल्लेख गरे । 

salt training

कमेन्ट गर्नुहोस्