असोज ६, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका बालकृष्ण खाँणलाई भेटेका छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा शनिवार बिहान ९ बजे शेखरले खाँ...
अहिले पनि बागलुङका दूरदराजबाट नागरिक सामान्य किसिमका मुद्दा लिएर अदातलमा पुग्ने गरेका छन् ।
स्थानीय सरकार स्थापनापछि गाउँपालिका तथा नगरपालिकामै न्यायिक समिति बने पनि न्याय माग्न कम आउने गरेका छन् । स्थानीय तहका उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति बनेको हुन्छ ।
गठित न्यायिक समितिले सर्वसाधारणको विश्वास लिन नसक्दा न्याय माग्न आउनेको संख्या न्यून रहेको हो ।
कानूनी अज्ञानताले न्यायिक समिति नाम मात्रको छ । इजलास सञ्चालनका लागि कतिपय स्थानीय तहमा आवश्यक सामग्री समेत उपलब्ध छैनन् । न्यायिक समितिमा सर्वसाधारणको विश्वास नहँुदा मुद्दा पनि नआउने गरेको पाइएको छ ।
स्थानीय सरकारको १ कार्यकाल पूरा गरेर दोस्रो कार्यकाल शुरू हुँदा पनि पालिकामा न्याय माग्न आउने कमै छन् ।
जिल्लाको तमानखोला गाउँपालिकामा रहेको न्यायिक समितिमा न्यून मुद्दा आएको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक हीराकुमारी छन्त्यालले बताइन् । चालू आर्थिक वर्षमा यस पालिकामा हालसम्म जम्मा ४ वटा मुद्दा आएको उपाध्यक्ष छन्त्यालको भनाइ छ ।
उनले २ वटा मुद्दा आफूहरूको कार्यक्षेत्रभन्दा बाहिरका आएकाले अदालतमा पठाएको र त्यसबाहेक सीमा र सामुदायिक वनको विषय आए पनि खासै ठूला विवादको रूपमा नआएको बताइन् । उनी भन्छिन्, ‘यहाँ धेरै मुद्दा आएका छैनन्, केही मुद्दा आएका थिए, ती मुद्दा पतिपत्नीबीच भएका मनमुटावका थिए, सबै मुद्दा मिलाएर पठायौं ।’
अदालतमा पनि तमानखोलाको घटना कम भएको छन्त्यालले बताइन् । यहाँ ठूलै प्रकृतिका अपराध सम्बन्धी घटना हुँदाबाहेक मानिस न्यायिक समिति र अदालत तथा प्रहरीकोमा नपुग्ने गरेको बुझाइ छ । न्यायिक समितिको काम कारबाहीबारे थाहा नभएका कारण पनि कैयौं घटना त्यत्तिकै सेलाउने गरेको स्थानीयको बुझाइ छ ।
बडिगाड गाउँपालिकामा चालू वर्षको हालसम्म ६ वटा मुद्दा परेकामा ३ फछ्र्योट गरिसकेको गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए । खासगरी बडिगाडमा जग्गाको सिमानासम्बन्धी मुद्दा र घरेलु झगडासम्बन्धी मुद्दा आउने गरेको उनको भनाइ छ । न्यायिक समितिमा आएका मुद्दा मेलमिलाप गरेर समाधान गर्नुका साथै न्यायिक समितिको क्षेत्राधिकारभित्र नपर्ने मुद्दा प्रहरी कहाँ पठाउने उनले बताए ।
ताराखोला गाउँपालिकाले पालिकामा मात्रै नभई वडास्तरबाटै न्याय निरुपण गर्ने गरी मेलमिलाप केन्द्र स्थापना गरेर न्याय दिइरहेको उपाध्यक्ष भीमबहादुर रोकामगरले बताए । उनले सकेसम्म वडामै विवाद मिलाउने, वडामा नमिले पालिकामा र पालिकामा मिल्न नसके मात्रै अदालत पठाउने गरेको सुनाए ।
उनले भने, ‘घरायसी झगडाले पतिपत्नी सम्बन्धविच्छेदका लागि यहाँ आउँछन्, त्यो अधिकार संविधानले हामीलाई दिएको छैन, अरु साना मुद्दा हाम्रो क्षेत्राधिकारभित्र रहेर हेर्न मिल्ने मुद्दा हेरिरहेका छौं, सकेसम्म सामान्य मुद्दालाई अदालतसम्म नपुर्याउने गरी हामी नै मिलाउने कोसिस गर्छौं ।’
जिल्लाको ढोरपाटन नगरपालिका, काठेखोला, निसीखोला, बरेङ गाउँपालिका, जैमिनी र बागलुङ नगरपालिकाका न्यायिक समितिमा मुद्दा निकै कम आएको पाइएको छ । अधिकांश न्यायिक समितिमा घरखेत, साँध तथा झैझगडाका मुद्दा पर्ने गरेको बताइएको छ । नेपालको संविधान २०७२ को भाग १७ को धारा २१७ मा व्यवस्था गरिएको न्यायिक समितिअन्तर्गत उपधारा (१) मा कानूनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न गाउँपालिका वा नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति रहने व्यवस्था गरेको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका बालकृष्ण खाँणलाई भेटेका छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा शनिवार बिहान ९ बजे शेखरले खाँ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपालीलाई एकताबद्ध गर्ने बताएका छन् । नेपाल तामाङ सङ्घ (समाजवादी)को केन्द्रीय कमिटीको दोस्...
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले परदेशमा युवाबाट नेपालको चित्रण सुन्दा बन्ने विद्रूप तस्वीरले आत्मग्लानि हुने बताएका छन् । बेलायत भ्रमणमा रहेका घिमिरेले सामाजिक संजालमा लेख्दै सानो कमजो...
सत्तारुढ दलसँग यसअघि भएको सहमतिअनुसार सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै नेकपा (एमाले)का नेताहरू सिंहदरबार पुगेका छन् । एमाले नेताहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट...
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज पनि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्यो । बिहिबारदेखि सुरु भएको बैठकमा आज ४५ जना केन्द्रीय सदस्यहरुले पा...
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशमा जातीय र धार्मिक सद्भाव खल्बलाउने संकेत देखा पर्न थालेको बताएका छन् । धार्मिक सहिष्णुता बिग्रने गरी देशका केही स्थानमा संकेतहरू देखा पर्न थाल्नु गम्भीर ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...