०६ असार २०८३, शनिबार

राष्ट्रपति पौडेलले गरे वनकाली क्षेत्रमा वृक्षरोपण

राष्ट्रपति पौडेलले गरे वनकाली क्षेत्रमा वृक्षरोपण
फाइल फोटो

राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन् ।

उनले वनकाली क्षेत्रमा बुधवार नागचम्पा फूलको बिरुवा रोपण गरेका हुन् ।

वृक्षरोपण कार्यक्रमका आयोजक तथा वन मन्त्रालयका पूर्व सचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले बुधवार नयाँ वर्ष परेकाले वनकाली क्षेत्रमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो । नाग देवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रशन्न हुने भएकाले बुधवार राष्ट्रपति पौडेलद्वारा फूलको बिरुवा रोपण गरिएको उनको भनाइ छ । 

वनकाली क्षेत्र कृपालु क्षेत्र भएको र नागदेवता नागचम्पा फूलले पूजा गर्दा खुशी हुने भएकाले वृक्षरोपण गरिएको आयोजकले जनाएको छ । गृह शान्ति, राष्ट्र शान्तिका लागि लुम्बिनीमा समेत राष्ट्रपति पौडेलद्वारा वृक्षरोपण गराइने योजना रहेको भुसालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्