१० साउन २०८३, आइतबार
गृहसँग जवाफ माग

प्रचण्ड सरकार छाडेकी पौडेलले सोधिन्- प्रहरीले कसैको मुख थुन्न मिल्छ ? गृहको जवाफ चाहियो

प्रचण्ड सरकार छाडेकी पौडेलले सोधिन्- प्रहरीले कसैको मुख थुन्न मिल्छ ? गृहको जवाफ चाहियो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाको मुख थुनेको विषयमा राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले गृहमन्त्रालयको जवाफ माग गरेकी छन् ।

बुधवार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा पौडेलले सामाजिक सञ्जालमा प्रहरीले २ युवाको मुख छोपेको फोटो आएको र त्यसको वास्तविकता माग गरेकी हुन् ।

‘प्रहरीले घाँटी न्याकेको र बोल्न खोज्नेको मुख छोपेको फोटो आएको छ । उनीहरूले के बोल्न खोजेका थिए, बोल्न पनि नपाउने ? प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ ? मिल्दैन भने उनीहरूलाई कारबाही हुन्छ कि हुँदैन ? गृह मन्त्रालयको जवाफ माग्न चाहन्छु’, प्रचण्ड सरकारमा परराष्ट्रमन्त्री भइसकेकी राईले जवाफ मागिन्। 

मंगलबार नयाँ बानेश्वरमा भएको एक कार्यक्रममा सहभागी हुन गएका प्रधानमन्त्री प्रचण्डविरुद्ध केही युवाले 'गरिबमारा प्रचण्ड मुर्दाबाद भन्दै नाराबाजी गरेका थिए। 

​यसैबीच मन्त्रीबाट राजीनामा दिएकी सांसद पौडेल राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा सदस्य बनेकी छन्।

salt training

कमेन्ट गर्नुहोस्