
क्रिकेटको एकदिवसीय विश्व वरीयतामा नेपाल १५औं स्थानमा उक्लिएको छ ।
इन्टरनेसनल क्रिकेट काउन्सिल आईसीसीले बुधवार जारी गरेको वरीयतामा ओमानलाई पछि पार्दै नेपालले १५औं स्थान पक्का गरेको हो । यसअघि नेपाल १६औं स्थानमा थियो ।
आईसीसी विश्वकप क्रिकेट लिग टुमा १२ मध्ये ११ खेल जितेपछि नेपालले १९औं स्थानबाट ४ स्थान फड्को मारिसकेको छ।
एसोसिएटतर्फ नेपाल अब स्कटल्यान्ड र नेदरल्यान्ड भन्दा मात्र पछाडि छ ।
समग्रमा भने भारत पहिलो, अस्ट्रेलिया दोस्रो र नुजिल्यान्ड तेस्रो स्थानमा छन् ।
हेर्नुहोस्, वरीयता :