१० साउन २०८३, आइतबार

सम्मानजनक सहभागिता भए मात्र सरकारमा जान्छौँ - लोसपा नेता भण्डारी

सम्मानजनक सहभागिता भए मात्र सरकारमा जान्छौँ - लोसपा नेता भण्डारी
फाइल तस्वीर

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनका दलहरूलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएका छन्। 

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीले सरकारमा सहभागी हुने दलहरूलाई सम्मानजनक सहभागिता गराउनुपर्ने बताए।

उनले निर्वाचनअघिको नै गठबन्धन ब्युँतिएकाले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने र गठबन्धनलाई ५ वर्ष नै टिकाएर लैजान पार्टीले भूमिका खेल्ने बताए। 

गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षाअनुसार सुविधा दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय बैठकले गरेको उनले बताए। 

वरिष्ठ नेता भण्डारीले बैठकले पार्टीको संगठन विस्तार गर्ने र पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन निर्णय गरेको पनि बताए। उनले बारा २ को उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट पनि उम्मेदवारी दिने कुरा स्वाभाविक रहेको बताए। 

salt training

कमेन्ट गर्नुहोस्