
सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले यही चैत्र १३ गते (सोमबार) सम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
पर्सिसम्ममा मन्त्रिपरिषदलाई विस्तार गरी डेलिभरीका कामलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।
बैठकमा संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरूबीच छलफल गर्ने विषयमा छलफल भएको छ।
त्यसैगरी संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरूले जोड दिएका सचिव पौडेलले बताए।
‘एउटा संसदलाई सुचारु गर्नेबार कसरी जाने र विभिन्न गठबन्धनमा रहेका पार्टीहरूसँग छलफल गरेर संसदलाई प्रभावकारी, गतिशील ऐन, कानुनहरू पनि बनाउनेलगायत विषयमा समीक्षात्मक छलफल भयो । दोस्रो, क्याविनेटको विस्तार बढीमा पर्सिसम्ममा छिटोभन्दा छिटो क्याबिनेट विस्तार गरेर डेलिभरीका कामहरू सुरुवात गर्ने भन्ने बारेमा छलफल भयो ,' पौडेलले भने।
तेस्रोचाहिँ सरकार र पार्टीलाई कसरी जोडने भन्नेबारेमा कुरा भएको उनले बताए।
पढ्नुहोस् यो पनि