×

NMB BANK
NIC ASIA

सरकार विस्तारको तयारी

साना दलको 'कचिंगल'ले सरकार विस्तारमा ढिलाइ

बजेट धेरै हुने मन्त्रालयमा सबैका आँखा

चैत ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारलाई समर्थन गर्ने साना दलले मन्त्रालयमा 'अस्वाभाविक आशक्ति' देखाएपछि सरकार विस्तारमा ढिलाइ भइरहेको छ।

Muktinath Bank

प्रधानमन्त्रीलाई समर्थन गर्ने साना ठूला गरी ११ वटै दलले धेरै र प्रभावशाली मन्त्रालयमा दाबी गरेका छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

६ चैतमा प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै ढिलोमा ३ दिनभित्र सरकार विस्तार गर्ने दाबी प्रधानमन्त्री स्वयंले गरेका थिए । तर चार दिन बितिसक्दा पनि मन्त्रालय भागबण्डामा कुरा नमिलेको हो । अहिलेकै जस्तो सुस्त तयारी हुने हो भने सरकार विस्तारमा हप्ता दिन लाग्ने सम्भावना छ। 


Advertisment
Nabil box
Kumari

‘प्रधानमन्त्रीले अलग-अलग दलसँग छलफल गर्दै हुनुहुन्छ । अब ढिलोमा सोमबारसम्ममा एटटा टुंगो लाग्न सक्छ । किनकि प्रधानमन्त्रीले सरकारमा सहभागी हुने करिब-करिब ११ वटै दलसमक्ष सरकार विस्तारको प्रस्ताव गर्दै हुनुहुन्छ’, माओवादी नेता देवेन्द्र पौडेलले लोकान्तरसँग भने, ‘सरकारलाई समर्थन गर्ने ११ वटै दलले सरकारमा जान इच्छा देखाएपछि केही ढिलाइ भएको हो । आफूलाई समर्थन गर्ने दललाई विश्वासमा अघि बढाऊँ भन्नेमा प्रधानमन्त्री हुनुहुन्छ । तर  ढिलाइ गर्न हुँदैन भन्नेमा प्रधानमन्त्री पुग्नुभएको छ ।’

Vianet communication
Laxmi Bank

१० वा ११ वटै दल सरकारमा सहभागी हुने इच्छामा रहेको भन्दै पौडेलले दलहरूको हैसियतअनुसार हिस्सा मिलाउने प्रयत्न प्रधानमन्त्रीले गरिरहेको जानकारी दिए ।

सरकारमा सहभागी हुने ११ दल नै इच्छुक रहेको बताइन्छ । कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, जनमत, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा, डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी,  स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंहदेखि प्रभु साहसम्मले सरकारमा जान इच्छुक देखाएका छन्। 

कांग्रेस उपसभपाति पूर्णबहादुर खड्का भने पहिलेपहिले सरकार विस्तार गर्न डेढ-दुई महिना लागे पनि भर्खर ४ दिन मात्र बितेको बताउँछन्। मन्त्रिपरिषद् विस्तारमा ढिला नभएको उनको आशय थियो। 

उनले भने, ‘यसैले सरकार विस्तारमा किन ढिलाइ भन्ने विषय सान्दर्भिक छैन । प्रधानमन्त्रीले छलफल र संवाद गरिरहनुभएको छ । उहाँले सक्दो छिटो गर्नुहोला ।’

तर कांग्रेसकै नेता रामहरि खतिवडा दलको हैसियत र आकारभन्दा बढी भागबण्डा खोज्ने प्रवृत्तिले समस्या आएको बताउँछन् ।

‘हामीले पहिले पनि हतारमा गठबन्धन गर्दा हतारमै गठबन्धन टुट्यो । यसैले यसपटक जिम्मेवार परिपक्व भएर कदम चाल्नुपर्ने चुनौती छ’, खतिवडाले भने, ‘हतारमा निर्णय गरेर पछुताउनुभन्दा राम्रो गरी दलीय हिस्सा र हैसियतको आधारमा अगाडि बढ्नु राम्रो हुन्छ ।’

आफ्नो उपस्थिति र सामर्थ्यभन्दा बढी मन्त्रालय माग्दा समस्या भएको खतिवडा पनि बताउँछन् ।

'५ सिट भएकोलाई एउटा, १० सिटेलाई २, २० सिटेलाई ४ दिनुपर्ने भन्ने छ । ४० सिटेलाई ८ मन्त्रालय दिँदा ९० सिट कांग्रेसले त १६ माथि मन्त्रालय पाउनुपर्छ । तर हामी ८ मन्त्रालयमा चित्त बुझाउन बाध्य छौं’, खतिवडाले भने, ‘हाम्रो अनुपातमा सिट लिने हो भने २० को लाई २, १० को १ मन्त्रालय पाउने हिसाब हो । तर हामी उदार हुँदै १-२ सिट ल्याउनेलाई पनि मन्त्री बनाउन तयार भएका छौं । तर यही सद्भावलाई कमजोरी ठानेर असीमित दाबी गर्दा समस्या भयो ।’

कसले कुन मन्त्रालय मागे ?

छलफलका क्रममा नेकपा एसले गृह, लोसपाले ऊर्जा, जसपाले स्वास्थ्य र शहरी विकास मन्त्रालय खोजेको छ । यसैले प्रधानमन्त्रीले मन्त्रालयको सन्तुलन मिलाउन नसकेको बताइन्छ । एमालेसँगै हुँदा अर्थ, गृह, परराष्ट्र, कानुनजस्ता कुनै पनि मन्त्रालय प्रचण्डले आफ्नो दलसँग राख्न सकेका थिएनन् ।

त्यसैले यसपटक गृह मन्त्रालय आफैंसँग राख्ने तयारी माओवादीको छ । यो मन्त्रालयमा कांग्रेसबाट नेतृत्व  गरेर आउने भनेका पूर्णबहादुर खड्काको पनि उत्तिकै दाबी छ ।

अहिले माओवादीसँग ४, प्रधानमन्त्रीसँग १६ र जनमतसँग एउटा छन् । यी मन्त्रालयमा कांग्रेसले ८, नेकपा एस र जसपाले २/२, लोसपा, नागरिक उन्मुक्तिले १/१ मन्त्रालय लिँदा समस्या हुने देखिएको छैन ।

६ चैतपछि प्रधानमन्त्रीले २ पटक सत्ता गठबन्धनका शीर्ष नेतासँग सामूहिक छलफल गरेका छन् । तर यस्ता छलफलमा साना दलको तर्फबाट झन् बढी मन्त्रालयको माग थालेको बताइन्छ । यसैले प्रधानमन्त्रीले हतार गरी सरकार विस्तार गर्न नचाहेको बताइन्छ । 

प्रभावशाली मन्त्रालयका साना दलको आँखा 

संख्यामा मात्रै होइन, प्रभावशाली मन्त्रायमा साना दलको दाबी प्रधानमन्त्रीका लागि अर्को टाउको दुखाइको विषय भएको छ ।

जसपा र नेकपा एसले ३/३ मन्त्रालयमा दाबी गरेका छन् । अप्ठ्यारोमा गठबन्धन बनाउन साथ दिएको भन्दै नेकपा एसले गृहसहित कम्तीमा ३ वटा मन्त्रालयमा दाबी गरेको छ । जसपाले स्वास्थ्य, शहरी विकास मन्त्रालय खोजेको छ ।

लोसपा र जनमतले पनि २/२ मन्त्रालय खोजेका छन् । लोसपाका नेता शरतसिंह भण्डारीले त आफूहरू आन्दोलनकारी पार्टी भएकोले सम्माजनक उपस्थिति सरकारमा हुनुपर्ने सार्वजनिक रुपमा बताएका छन् ।

लोसपाले ऊर्जा मन्त्रालय खोजेको छ । जनमतको पनि यस अघिदेखि प्रभावशाली मन्त्रालयमा दाबी छ । अघिल्लोपटक पनि लामो समय  घुर्क्याएपछि जनमतका अब्दुल खाँ खानेपानी मन्त्री भएका थिए । योभन्दा पनि प्रभावशाली मन्त्रालय पाउनुपर्नेमा जनमतको दाबी छ । स्वतन्त्र सांसद पनि मन्त्री बन्ने धुनमा छन् ।

प्रभावशाली मन्त्रालय पाए रवि लामिछाने नेतृत्वको रास्वपा पनि सरकारमा जान इच्छुक छ । माओवादीपछि १९ सिट जितेको रास्वपा सरकारमा सहभागी भए कम्तीमा ३ र बढीमा ४ मन्त्रालय दिनुपर्ने अवस्थामा प्रधानमन्त्री छन् । यसअघि पनि रास्वपाले ३ मन्त्री र १ राज्यमन्त्री पाएको थियो । 

‘यहाँ त सबै मालदार मन्त्रालयमा कांग्रेसबाहेकका दलको दाबी छ । यस्तो दाबी भएपछि कांग्रेस महिला, सहकारी र भूमि सुधार मन्त्रालय लिएर जानुपर्ने अवस्थामा पुगिसक्यो’, खतिवडा भन्छन्, ‘तर सबैलाई मिलाउनुपर्ने कांग्रेस यो भनेर झगडा गर्ने पक्षमा छैन । हामी मिलाएरै सबैलाई अगाडि बढाउँछौं । यसपटक कांग्रेसले संयमतापूर्वक आफूलाई अगाडि बढाउँछ ।’

केन्द्रमा सरकार विस्तार सकस परिरहेका बेला प्रदेश सरकार पनि उस्तै गरी धर्मराएका छन् ।

गण्डकी, लुम्बिनी र कोशीमा एमाले नेतृत्वको सरकार बदल्ने तयारी छ । यिनीहरूमा गठबन्धनबीच समस्या धेरै छन् । तर यसअघि माओवादीका नेतृत्व रहेका सरकारमा कांग्रेसको प्रवेशको मोडालिटी र मधेश प्रदेशमा जनमत र लोसपा पार्टीको उपस्थिति कस्तो हुन्ने भन्नेमा अन्योल छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x