०४ साउन २०८३, सोमबार

आरजुले तरुण दललाई भनिन्- भोट चै सूर्य, हलो र घण्टीमा हाल्ने अनि कांग्रेस बनेर हिँड्ने ?

आरजुले तरुण दललाई भनिन्- भोट चै सूर्य, हलो र घण्टीमा हाल्ने अनि कांग्रेस बनेर हिँड्ने ?
फाइल तस्वीर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र तरुण दललाई पहिलो नम्बरको सङ्गठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई निर्देशन दिएकी छन्। 

नेपाल तरुण दल जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको ‘बृहत् तरुण भेला’मा उनले पार्टी र सङ्गठन बलियो बनाउन निरन्तर खट्नुपर्ने बताइन्। 

अहिले राजनीतिक परिस्थिति फरक भएका कारण गठबन्धन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले पार्टीभित्र एकता बढाउन सकेमा एक नम्बरको पार्टी बनाउन सकिने बताइन्। 

'अब पार्टीलाई पहिलो बनाउन हर क्षण कसरी सक्रिय बनाउन सकिन्छ भन्ने विषय तरुणहरूका लागि चुनौती हो', उनले भनिन्, 'भोट हाल्ने दिनमा घण्टी, हलो र सूर्यलाई हाल्ने अनि अरू बेला कांग्रेस भनेर हिँड्नुको अर्थ छैन ।'

कमेन्ट गर्नुहोस्