११ साउन २०८३, सोमबार

लुम्बिनीमा नयाँ मुख्यमन्त्रीका लागि कांग्रेसका डिल्ली चौधरीको दाबी पेश

लुम्बिनीमा नयाँ मुख्यमन्त्रीका लागि कांग्रेसका डिल्ली चौधरीको दाबी पेश

लुम्बिनीमा लीला गिरी नेतृत्वको सरकारमा सहभागी राजनीतिक दलहरूले सरकारबाट हटेर नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन्।

सरकारमा सहभागी ६ राजनीतिक दलले राजीनामा बुझाएर प्रदेश प्रमुख अमिक शेरचन समक्ष ५३ सांसदको हस्ताक्षरसहित नयाँ सरकारको लागि निवेदन पेश गरेका हुन् ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गर्दै प्रदेश प्रमुखलाई आइतबार कांग्रेससहित दलहरूले निवेदन दिएका हुन् । 

माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आइतबार नै नयाँ गठबन्धनअनुसार मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया शुरू गर्ने बताए ।

गिरी नेतृत्वको सरकार अल्पमतमा परेको निश्चित भएपछि राजीनामा दिन उपयुक्त हुने सुझाव आफूहरूले दिएको उनले बताए ।

लुम्बिनीमा कांग्रेसका २७, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४-४, जसपा, जनमत र लोसपाका ३-३ राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १-१ प्रदेशसभा सदस्य छन् ।

सरकारमा सहभागी राप्रपाले भने राजीनामा दिएको छैन ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ ।

salt training

कमेन्ट गर्नुहोस्