×

Nic Asia
Prabhu Bank

लुम्बिनीमा सत्ताको फोहोरी खेल : मुख्यमन्त्रीको अधिकार मिचेर नयाँ सरकारमा हतारो !

चैत १२, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

राजनीतिक अस्थिरता र सत्ताकेन्द्रित विकृत राजनीतिको पछिल्लो नमूना लुम्बिनी प्रदेशमा देखा परेको छ ।

yONNEX
Frooti
Appy

मुख्यमन्त्रीलाई संविधान र कानूनले दिएको अधिकारतर्फ वास्तै नगरी कांग्रेस, माओवादीलगायतका दलहरूले नयाँ समीकरणका नाममा सत्तामा हामफाल्ने हतारो देखाएका हुन् । उनीहरूले प्रदेश प्रमुखलाई दबाब पत्र बुझाएर सरकार गठनका लागि दाबी पेश गरेका छन् ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

एमाले संसदीय दलका नेता लिला गिरी गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पुस २८ गते शपथग्रहण गरी पदभार सम्हालेका मुख्यमन्त्री गिरीको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल बनेको थियो । 


Advertisment
Lokantar App
Saurya island

सोही मन्त्रिमण्डलमा रहेका माओवादी, जनमत र जसपाका मन्त्रीहरूले करीब तीन महिनापछि आइतबार राजीनामा दिएका छन् । राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ताको औपचारिक प्रक्रिया नै पूरा नगरी दलहरू मुख्यमन्त्रीमा दाबी पेश गर्न अगाडि बढेका छन् ।

JYOTI
Vianet communication

सहयात्री दलहरूले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिने अधिकार मुख्यमन्त्रीलाई संविधानले नै दिएको छ । त्यतिबेला विश्वासको मत नपाए बल्ल सरकार गठनको प्रक्रिया शुरू हुनुपर्ने हो । त्यसपछि नियुक्त मुख्यमन्त्रीले पनि फेरि ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ । 

यति प्रक्रिया र विधि हुँदाहुँदै पनि नयाँ गठबन्धनका दलहरूले कानूनविपरीत सरकार गठनका लागि दबाब सिर्जना गरेका छन् ।

‘राजनीतिक अस्थिरताले आजित भएका आम जनतामा अर्को निराशा थप्नेगरी सत्ता गिराउने र नयाँ बनाउने खेल शुरू भएको छ,’ नागरिक समाज दाङका संयोजक केबी मसाल भन्छन्, ‘राजनीतिक स्थायित्वको जनचाहना पूरा नहुँदा जनतामा निराशा र आक्रोश दुवै चुलिएको छ ।’ 

संविधानविपरीतको दाबी– डा. भीमार्जुन आचार्य 

यसैबीच संविधानविद् डा. भीमार्जुन आचार्यले सरकार गठनका लागि पेश गरिएको दाबीलाई संविधानविपरीत भनेका छन् ।

धारा २ अन्तर्गत गठित सरकारको प्रमुखलाई विश्वासको मत लिने अवसर नदिएरै बहुमतको बलमा दाबी प्रस्तुत गर्नु संविधानविपरीत रहेको उनको तर्क छ ।

‘दलहरूले कानून पालना नगरे कसले गर्छ ? सरकार गठनका लागि संविधानमा उल्लेख भएअनुसार अगाडि बढ्नु नै उचित हुन्छ’, डा. आचार्यले भने, ‘उपधारा २ अन्तर्गत गठित सरकार प्रमुखले कि त राजीनामा दिनुपर्‍यो । होइन भने उनलाई विश्वासको मत लिने अवसर प्रदान गर्नुपर्दछ । उनले विश्वासको मत प्राप्त नगरेको अवस्थामा उपधारा ३ सक्रिय हुन्छ । उपधारा २ को सरकार रहेकै अवस्थामा उही उपधाराअनुसार सरकार गठनको दाबी प्रस्तुत गर्नु अनुचित छ ।’ 

मग पत्रका उल्लेख गरिएको संविधानको उपधारा र दाबी संविधान तथा कानूनसम्मत छैन । संविधान तथा कानूनले गरेको प्रबन्धको समेत वास्तै नगरी सत्ताकेन्द्रित राजनीतिमा लाग्नु कुनै पनि मानेमा शोभनीय हुँदैन र उचित पनि हुँदैन,’ अर्का कानून व्यवसायी यमलाल खनालको भनाइ छ ।

सरकारका सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा प्रदेश सभामा ३० दिनभित्र विश्वासको लिने र विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा ३ अन्तर्गत सरकार गठनको बाटो खुला हुने अधिवक्ता खनालले बताए  । 

मुख्यमन्त्री गिरीलाई एक महिनाभित्र पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक सुविधा हुँदाहुँदै विपक्षी गठबन्धनले नयाँ सरकार गठनको प्रक्रिया शुरू गर्न दबाबसहितको पत्र आइतवार बुझाएका हुन् । 

८७ जना सांसद रहेको लुम्बिनी प्रदेशमा बहुमतका लागि ४४ जना सांसदको समर्थन आवश्यक पर्छ । यहाँ सबैभन्दा ठूलो दलका रूपमा रहेको नेकपा एमालेसँग २९ जना सांसद छन् । कांग्रेसका नेता डिल्लीबहादुर चौधरीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन माग गर्दै ९ दलले प्रदेश प्रमुख अमिक शेरचनलाई माग पत्र बुझाएका छन् । 

प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४/४, जनमत पार्टी र जसपाका ३/३, नेकपा एकीकृत समाजवादीका १ र २ स्वतन्त्र सांसद छन् । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १७, २०८०

जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे छ । बुधवार बिहान इटहरीमा बसेको जसपा प्रदेश कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई पनि...

जेठ १७, २०८०

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाको मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका थप तीनजना आरोपितको बया...

जेठ १७, २०८०

चार दिने औपचारिक भ्रमणको शिलशिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डलाई विदेश तथा संस्कृति राज्यमन्त्रीले मी...

जेठ १७, २०८०

चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड बुधवार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेक...

जेठ १६, २०८०

कोशी प्रदेश सरकारले प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीलाई वार्तामा आउन आज आह्वान गरेको छ ।  प्रदेश सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले...

जेठ १७, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् । फिजी, अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीका लागि आवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

ad
x