
गृह मन्त्रालयको बढुवा समितिले नेपाल प्रहरीका ४ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
डीआईजीहरू सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवाका लागि सिफारिस भएका हुन् ।
बढुवा समितिको सचिवालयका सदस्य सचिव तथा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सोमवार सूचना प्रकाशित गर्दै बढुवा सिफारिसबारे जानकारी दिएका छन् ।
