१७ असार २०८३, बुधबार

उड्न लागेको जहाजमा समस्या आएपछि यात्रुलाई अर्कैमा राखेर पठाइयो

उड्न लागेको जहाजमा समस्या आएपछि यात्रुलाई अर्कैमा राखेर पठाइयो

काठमाडौंबाट भैरहवा उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ ।

बुद्ध एयरको उडान नम्बर यू ८४५ मार्फत भैरहवा जाने तयारीमा रहेको एटीआर जहाजको इण्डिकेसनमा समस्या देखिएको हो । दिउँसो २ः५० मा जहाज उड्न लाग्दा उक्त समस्या देखिएपछि यात्रु ओरालेर अर्को जहाजमार्फत भैरहवा पठाइएको छ । 

उक्त जहाजको भने समस्या पहिचान गर्ने काम इन्जिनियरहरूले गरिरहेको बुद्ध एयरको सञ्चार संयोजक दीपेन्द्र कर्णले बताए ।

यसअघि ४ चैतमा पनि काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरलाइन्सकै जहाजको इन्डिकेसनमा समस्या देखिएपछि सिमरामाथिबाट फिर्ता आएको थियो ।

७२ सीट क्षमताको उक्त जहाजको आवश्यक चेकजाँचमा कमजोरी भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले २ जना इन्जिनियरलाई ग्राउन्डेड नै गराएको थियो ।

२ दिनसम्म ग्राउन्डेड गरेर गरिएको निरीक्षणबाट उक्त जहाजको स्पिड मिटरमा समस्या औंल्याइएको थियो। समस्या समाधान गरेर आइतबारदेखि जहाजले उडान शुरू गर्न थालेको थियो भने इन्जिनियरलाई निलम्बनमा राखिराख्ने निर्णय भएको छ ।

उक्त जहाजका इन्जिनियरको विषयमा एक साताभित्र अध्ययन प्रतिवेदन पेश गर्न सम्बन्धित वायुसेवालाई निर्देशन दिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्